कांग्रेसका भण्डारी र अमरसिंह पुनले पार्टीको निर्देशन नमान्ने

रुपन्देही, माघ १ । नेपाली कांग्रेसका दुई जना सांसदले संविधान संशोधनको प्रस्ताव विरुद्ध मतदान गर्ने घोषणा गरेका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा गुल्मी क्षेत्र नम्बर २ का सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी र रोल्पाका सांसद रोल्पाका पार्टी सभापति अमरसिंह पुनले संशोधन प्रस्तावको विपक्षमा मतदान गर्ने बताएका हुन् ।

राष्ट्रियता जोगाउन र नागरिकलाई सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफ्नै पार्टी सहभागी सरकारले दर्ता गरेको प्रस्तावको विपक्षमा मतदान गर्ने उनीहरुले बताए ।
कार्यक्रममा नेता भण्डारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई देखाउनका लागि भएपनि संविधान संशोधन प्रस्ताव असफल हुनुपर्ने बताए ।
उनले अहिले कै रफ्तारमा अंगिकृतलाई नागरिकता दिने हो भने पाँच वर्षपछि नेपालको भविष्य नै संकटमा पर्ने बताए ।

सांसद पुनले राष्ट्रिय अखण्डताका लागि संशोधन प्रस्ताव असफल पार्नुपर्ने बताए । उनी कांग्रेस रोल्पा जिल्ला सभापति हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: