काठमाडौं, माघ १ । साढे दुई लाख अमेरिकी डलरसहित तीन चिनियाँ काठमाडौंबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान विभागले पर्यटक बोक्ने बा १ ञ १२३२ नम्बर को गाडीमा लुकाइ लैजान लागिएको ४ करोड ४४ लाख रुपैयाँ बराबरको विदेशी मुद्रासहित तीन जना चिनियाँ नागरिकलाई काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको हो ।
दुई महिला र एक पुरुषलाई नागढुंगाबाट आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु रसुवाको केरुङ जान लागेका थिए । उनीहरुको साथबाट २ लाख ६० हजार ६ सय अमेरिकन डलर, एक लाख १८ हजार ६ सय १० युरो र केही स्वीस फ्रयांक बरामद गरेको छ । घटनालाई सुन तस्करीसँग जोडेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।