चर्चित र्‍यापर यम बुद्ध लन्डनमा मृत भेटिए

माघ १ । चर्चित र्‍यापर अनिल अधिकारी अर्थात यम बुद्ध लन्डनमा मृत भेटिएका छन् । शनिबार उनी लन्डन साउथ हयारोस्थित घरको बाथरुममा मृत अवस्थामा फेला परेको र उनले आत्महत्या गरेको उनी निकट श्रोतले जनाएको छ । उनी श्रीमतिका साथ लन्डनमा थिए ।

श्रीमतीसँग केही समयदेखि लण्डनमा बस्दै आएका अधिकारीले आत्महत्या गर्नुको कारणबारे खुलेको छैन् । लण्डनस्थित नेपाली राजदूतावासले घटनाको पुष्टि गर्दै उनको मृत्युबारे थप जानकारी लिने कोसिस भइरहेको जनाएको छ ।

२९ बषिर्य अधिकारी आफ्ना फ्यानहरुवीच यमबुद्धका नामले परिचित थिए । सामाजिक संजाल र युट्युवमा उनका लाखौं फ्यान छन् । उनले केही महिनापछि नयाँ एल्बम ‘खतरा’ निकाल्ने तयारी गरिरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: