अमेरिकामा परराष्ट्रमन्त्रीले भने- ‘भारततिर झुकेका छैनौं’

न्यूयोर्क, माघ २ । ‘न हामी न चीनतिर झुकेका छौं, न त भारततिर नै, हामी नेपालतिर अवश्य झुकेका छौं,’ परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले अमेरिकाको टेक्सासमा भने । पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार कुनै खाले विदेशी शक्तिबाट प्रभावित नरहेको मन्त्री महतले स्पष्ट पारे ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकाको डालासमा शनिबारदेखि सुरु भएको साधारण सभाको उद्घाट्न गर्दै परराष्ट्रमन्त्री महतले हल्ला गरेर राष्ट्रवादी नभइने र त्यसले राष्ट्र बलियो नहुँने बताए ।

याे पनि पढ्नुस  परराष्ट्रमन्त्री महत अमेरिकामा, एनआरएनलाई नेपालमा लगानी गर्न आग्रह

बाबुराम भट्टराईले भारतसँग विप्पा सम्झौता गरेर देशलाई घाटा लागेको बताए । महतको भनाइ थियो ‘आन्तरिक पार्टीको स्वार्थ, व्यक्तिगत स्वार्थ र विदेश नीति सँग मिसमास गर्दा देशलाई घाटा हुन्छ र अहिलेसम्म देशलाई घाटा भईरहेको मैले महसुश गरेको छु,’ उनले भने ।

याे पनि पढ्नुस  सबै जलाउनु पर्छ

सडकमा आन्दोलन गरेर कुनै कुराको सम्बोधन नहुँने र त्यसले छिमेकीहरुमा नराम्रो सन्देश जानेतर्फ सबै सचेत रहनुपर्ने उनको भनाई थियो । भने– ‘कुटनीतिक टेबलमा ठोस कुरा गर्नुपर्छ, हाम्रा आवश्यकता र अधिकारहरु ठोसरुपमा राख्नुपर्छ,’ मन्त्रीमहतले भने‘ सहि ठाँउ र समयमा भनौ, सडकमा होइन् ।’

याे पनि पढ्नुस  परराष्ट्रमन्त्री महत अमेरिकामा, एनआरएनलाई नेपालमा लगानी गर्न आग्रह

उदघाटन सत्रमा अमेरिकाकालागि नेपाली राजदूत अर्जुन कार्की, एनआरएनएका केन्द्रीय उपाध्यक्ष कुमार पन्त, कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङ, एनआरएनए अमेरिकाका अध्यक्ष केशव पौडेल लगायतकाले आआफनो मन्तव्य राखेका थिए ।

साधारण सभाको उदघाटनकै लागि मन्त्री महत, पत्नीसहित बिहीबार टेक्सास आएका हुन् ।

कमेन्ट गर्नुहोस्