भट्टराईले भने-न्यायाधीस नियुक्तिको विवाद झिकेर प्रधानन्यायधीस हटाउने खेल

काठमाडौं, माघ २ । बारका पूर्व उपाध्यक्ष एवम् बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतकी प्रधानन्यायधीश सुशीला कार्कीलाई विवादमा तान्ने खेल भैरहेको आरोप लगाए।
उनले न्यायधीश नियुक्तीलाई लिएर बारले असन्तुष्टि जनाएको कुरामा पनि फेद न टुप्पोको भएको टिप्पणी गरे। उनले भने,‘बारको विज्ञप्ती आयो, तर उसको असन्तुष्टि के मा हो ? प्रक्रियामा हो कि वा व्यक्तिमा हो र ?’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अन्तर कुन्तरमा उहाँलाई विवादमा तान्ने खेल भैरहेको छ, उहाँको नेतृत्वमा साहसिक निर्णयहरु भैरहेका छन्, त्यसलाई बद्नाम गराउने काम भैरहेको छ।’
उनले सर्वाेच्च अदालतमा कार्की प्रधानन्यायधीस भए आएपछि धेरै मुद्याहरुमा साहसिक निर्णय भएकाले उनलाई हटाउने काम हुन थालेको बताए । ‘वहाँलाई जसरी पनि विवादमा तानेर हटाउन खोजिएको छ। यही आधारमा तीन जना सांसदलाई अघि सारेर महाभियोग प्रस्ताव लाउने खेल पनि भइरहेको छ,’ भट्टराईले भने ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: