‘एमाले पनि सरकारमा आउँछ, अनि मन्त्रीपरिषद विस्तार’-सञ्चारमन्त्री

मोरङ, माघ २ । सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता सुरेन्द्र कुमार कार्कीले एमालेलाई समेत सरकारमा ल्याउने गरी छलफल भइरहेको बताएका छन् । आइतबार विराटनगर एयरपोर्टमा सञ्चारकर्मीसँगको कुराकानीमा एमालेलाई समेत सरकारमा ल्याएर मन्त्रिपरिषद् विस्तार हुने बताए ।

सरकारले सबै दललाई मान्य गराएर मात्रै चुनावको मिति घोषणा गरिने उनको भनाई थियो । ‘कसैलाई आहत नहुने गरी राजनीतिक दलहरुबीच गहन छलफल भएपछि मात्रै निर्वाचनको मिति घोषणा हुन्छ’ उनले भने ।

तर जेठमै चुनाव गर्नेगरी दलहरुलाई सहमतिमा ल्याउन प्रधानमन्त्री सक्रिय रहेको मन्त्री कार्कीले बताए । ‘सरकार चुनाव गराउन तयारी अवस्थामा बसेको छ, निर्वाचन आयोगले पनि सबै तयारी सकेको छ पहिला स्थानीय निकायको चुनाव गरिन्छ,’ उनले भने ।

संविधान संशोधन विधेयक सीमांकनबाहेक परिमार्जनसहित पारित हुने उनले दाबी गरे । संशोधन विधेयकले निर्वाचनमा जाने वातावरण बन्ने र सबै दललाई बिक्ने मुद्दा भएकाले जनताकोमा जान सजिलो भएको छ अब विधेयक पारित हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: