कर्मचारीको व्यक्तिगत विवरण राख्न पिआइएस क्लिनिक सञ्चालन

भद्रपुर, माघ २ । निजामती कर्मचारी किताबखानाले कर्मचारीको व्यक्तिगत विवरण (पिआइएस) अद्यावधिक गर्न झापामा पिआइएस क्लिनिक सञ्चालन गरेको छ ।

अब आफू कार्यरत स्थानमा नै कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक हुने छ । कर्मचारीको सरुवा–बढुवा, वैदेशिक भ्रमण, सन्तति छात्रवृत्ति लगायत विवरण पनि त्यसमा रहने छ ।

निजामती कर्मचारी किताबखानाका महानिर्देशक गङ्गाराम गेलालले तीन वर्षीय रणनीतिक योजनाबाट सेवाग्राहीमैत्री सूचना प्रविधिमा आधारित आधुनिक मानव संसाधन सूचना केन्द्रका रुपमा निजामती किताबखानाको पहिचान कायम हुने बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: