आबुधाबी पुगेर प्रचण्डले भने– विदेशमा नेपालीले बगाएको पसिना सदुपयोग होस् भन्नेमा सरकार सचेत

राजनीतिक रुपमा राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारको जोड

आवुधावी, माघ २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको लक्ष्य भनेको देश विकास र समृद्धि रहेको बताएका छन् ।

दशौं विश्व भविष्य उर्जा सम्मेलनमा भाग लिन युएई आई पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँको नेपाली दुताबासमा नेपालीहरुसँग अन्तरक्रिया गर्दै आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड गरेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘राजनीतिक रुपमा राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड गरेको छ ।’

याे पनि पढ्नुस  युएइमा प्रधानमन्त्रीले भने– ‘संशोधन प्रस्ताव राष्ट्रिय एकता र अखण्डताकै लागि’

वर्तमान सरकारले विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईहरुले यहाँ हासिल गरेको अनुभव र पूँजी नेपालको विकासको लागि आधारशिला हो, पूँजी हो । तपाईहरुले बगाएको पसिनाको सदुपयोग होस् भन्नेमा सरकार सचेत छ ।’

नेपालको राजनीतिबारे बोल्दै प्रधानमन्त्रीले प्रचण्डले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं, सबैका भावना छन्, राष्ट्रिय एकता हासिल गर्नुछ, कसैलाई पेलेर वा ठेलेर समस्याको हल हुँदैन । सरकार सबैसँग समान रुपले सम्वादमा छ र त्यो सकारात्मक दिशामा छ । राष्ट्रिय सहमति बनाएर संविधान कार्यान्वयन गर्नेमा सरकार छ ।’

याे पनि पढ्नुस  उर्जा समिटमा भाग लिन प्रधानमन्त्री युएई प्रस्थान गर्दै, नेपाली श्रमिकको समस्याका लागि उच्चस्तरीय छलफल हुने (पूर्ण कार्यक्रमसहित)

उर्जा सम्मेलनबारे बोल्दै प्रधानमन्त्रीले प्रचण्डले भने, ‘उर्जा सम्मेलन हाम्रा लागि धेरै महत्वको छ । हाम्रो ध्यान यसमा छ । हामीले वैदेशिक रोजगारीबाट आएको पूँजीलाई विकास आयोजनामा केन्द्रित गर्न खोजेका छौं । म विकासका कामलाई केन्द्रमा राखेर विकासका आयोजनाहरुको अनुगमन गरिरहेको छु । राजनीतिक विवादमा अल्झिएर हामीले विकासलाई उपेक्षा गरियो, अब त्यसो गर्नु हुँदैन । ईच्छाशक्तिका साथ नेतृत्वले देशको विकास लागि केही गर्नैपर्छ ।’

याे पनि पढ्नुस  ‘एयरर्पोटका तस्करहरूलार्इ कार्बाही हुन्छ’–प्रधानमन्त्री

भेटमा उर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन, शिष्टाचार महापाल दीपक अधिकारी लगायत सहभागी रहेको थियो । सो अवसरमा सहभागीहरुले वैदेशिक रोजगारीका क्रममा आफूले भोग्नुपरेका समस्या र अवस्थाबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।

कमेन्ट गर्नुहोस्