एनसेलको लाभकर तीन महिनाभित्र असुल गर– लेखा समिति

काठमाडौं, माघ २ । पूँजिगत लाभकरको विवाद झेल्दै आएको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको शेयर कारोबारमा लाग्ने कर तीन महिनाभित्र असुल गर्न सार्वजनिक लेखा समतिले निर्देशन दिएको छ ।

व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको आइतबार बसेको बैठकले एनसेलको मुख्य शेयरधनीलाई शेयर बिक्रिी वापत प्राप्त भएको लाभकरको गणना गरी आयकर ऐन अनुसार, तीन महिनाभित्र असुल गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

याे पनि पढ्नुस  संसदको लेखा समितिमा एमालेको बार्गेनिङ, विवादका कारण सभापति चयन कार्यक्रम स्थगित

बैठकमा अर्थसचिव शान्तराज सुवेदी र आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्माको समेत उपस्थ्तिि थियो । कर कसले असुल्ने र यसको अख्तियारी कसलाई रहेको छ भन्ने विवादबीच लेखा समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

आज आइतबार सम्पन्न बैठकले गत जेठ १६ गते समितिले कर असुल नगर्ने निकाय र त्यसमा सम्लग्न अधिकारीलाई अनुसन्धान र छानविन गरी तीन महिनाभित्र प्रतिवेदन दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाएकोमा हालसम्म जानकारी प्राप्त नभएको तत्कालै जानकारी दिनका लागि फेरि अख्तियारलाई पत्र पठाउने निर्णय समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्