यस्तो पनि: ७९ पाउण्डको खाना, १ हजार पाउण्ड टिप्स !

पोर्टा डाउन, उत्तरी आयरल्याण्डको एउटा रेष्टुरेण्टमा एक जना ग्राहकले दिएको टिप्स यतिखेर अन्तर्राष्ट्रिय मिडियामा चर्चित बनेको छ ।

पोर्टा डाउनमा रहेको भारतीय रेष्टुरेण्टमा खाना खाएपछि खुशी भएका एकजना ग्राहकले होटलका शेफ शब्बीर सत्तारलाई बोलाएर एक हजार पाउण्ड टिप्स दिएका थिए । अचम्म त के छ भने ग्राहकको आफ्नो बिल भने जम्मा ७९ पाउण्ड मात्रै थियो ।

याे पनि पढ्नुस  एउटा बाख्रो मर्दा कम्पनीलाई २.६८ करोडको नोक्सानी, सरकारलाई ४६ लाखको घाटा

गत मंगलबार ती ग्राहकले शब्बीरलाई बोलाएर खानाको प्रशंसा गर्दै शानदार खानाका लागि सर्भिस फिस दिएको बताए ।

रेष्टुरेण्टका मालिका लुना एकुसले रेष्टुरेण्टकै इतिहासमा यति सम्मान पहिलोपटक पाएको जनाएका छन् । उनले पाइएको टिप्स होटलमा काम गर्ने सबैमा दामासाहीले बाँडिने बताए ।

कमेन्ट गर्नुहोस्