यस्तो पनि: ७९ पाउण्डको खाना, १ हजार पाउण्ड टिप्स !

पोर्टा डाउन, उत्तरी आयरल्याण्डको एउटा रेष्टुरेण्टमा एक जना ग्राहकले दिएको टिप्स यतिखेर अन्तर्राष्ट्रिय मिडियामा चर्चित बनेको छ ।

पोर्टा डाउनमा रहेको भारतीय रेष्टुरेण्टमा खाना खाएपछि खुशी भएका एकजना ग्राहकले होटलका शेफ शब्बीर सत्तारलाई बोलाएर एक हजार पाउण्ड टिप्स दिएका थिए । अचम्म त के छ भने ग्राहकको आफ्नो बिल भने जम्मा ७९ पाउण्ड मात्रै थियो ।

याे पनि पढ्नुस  महोदय मेरो मृत्यु भएको छ, कृपया हाफ टाइमपछि अवकाश दिने कृपा गरियोस्...

गत मंगलबार ती ग्राहकले शब्बीरलाई बोलाएर खानाको प्रशंसा गर्दै शानदार खानाका लागि सर्भिस फिस दिएको बताए ।

रेष्टुरेण्टका मालिका लुना एकुसले रेष्टुरेण्टकै इतिहासमा यति सम्मान पहिलोपटक पाएको जनाएका छन् । उनले पाइएको टिप्स होटलमा काम गर्ने सबैमा दामासाहीले बाँडिने बताए ।

कमेन्ट गर्नुहोस्