कैदीबीच झडप, १० जनाको मृत्यु

माघ २ । ब्राजिलको एक जेलमा कैदीबीच भएको झडपमा १० जनाको मृत्यु भएको छ । कैदीबीच भएकाे झडपमा उनीहरुले एक अर्काकाे शीरसमेत काटेका प्रहरीले सञ्चारमाध्मसँग बताएका छन् ।

ब्राजिलको उत्तरपूर्वी शहर नाटालमा रहेको त्यस क्षेत्रकै ठूलो एलकाकुज जेलमा कैदी बन्दीबीच झडप भएको हो ।
जेलमा रहेका कैदीका दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  ब्राजिलका पूर्वराष्ट्रपतिलाई नातीको अन्त्येष्टिमा जान अनुमति

एलकाकुज जेलबाट विस्फोट र गोली हानाहानको आवाज सुनिएको स्थानीयलाई उधृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसअघि पनि बाज्रिलको एमाजोनास र रोराईमा राज्यको जेलमा भएको झडपमा एक सय जना मारिएका थिए ।

कमेन्ट गर्नुहोस्