अायाे ‘लप्पन छप्पन’ को ट्रेलर

माघ २ । नेपाली चलचित्र ‘लप्पन छप्पन’ को ट्रेलर सार्वजनिक भएको छ । कलाकार दयाहांग राई, सौगात मल्ल र अर्पण थापाद्वारा अभिनित चलचित्र ‘लप्पन छप्पन’ को गत पुस २९ गते शुक्रबार ट्रेलर सार्वजनिक भएको हो ।

‘लप्पन छप्पन’ बाट चलचित्रमा दुईजना नयाँ अनुहारको पनि प्रवेश भएको छ । नवनायक प्रकाशजंग शाह र सिड खरेल नयाँ अनुहार हुन् ।

दुवैजनाले ओस्कार कलेज अफ फिल्म स्टडिजबाट अभिनयमा स्नातक गरिसकेका छन् । ‘लप्पन छप्पन’ मा नायिकाको भूमिका वर्षा सिवाकोटीले निभाएकी छिन् ।

चलचित्रको धेरैजसो भाग युरोपियन देश बेल्जियम, स्विट्जरल्याण, नेदरल्याण, फ्रान्स, लग्जम्बर्गमा छायांकन भएका कारण पनि ‘लप्पन छप्पन’ ले दर्शकको मन जित्ने निर्माता डम्बर चन्दको आशा छ ।

‘लप्पन छप्पन’ बाट चलचित्र पहिलो पटक निर्माताको रुपमा आएका डम्बर चन्दले ओस्कार कलेज अफ फिल्म स्टडिजबाटै स्क्रिप्ट लेखन तथा निर्देशनमा स्नातक गरेका छन् ।

प्रवेश पौडेल र ओस्कारकै प्रकाशजंग शाहद्वारा तयार पारिएको चलचित्रको कथावस्तु तथा नयाँ चलचित्रकर्मीको बाहुल्यता भएका कारण लगानी पनि धेरै गरेको निर्माताको भनाई छ ।

चलचित्रको निर्देशन मुकुन्द भट्टले गरेका छन् । चलचित्र आगामी चैत ११ गते रिलिज हुने तयारीमा छ ।

कमेन्ट गर्नुहोस्