“म तिमीलाइ सफलताको शुत्र त दिन सक्दिन तर असफलताको शुत्र जरुर दिनेछु । त्यो हो, सबैलाइ खुसी पार्ने कोसिस गर” । — हरबट सोप
प्रचण्ड, तिमी नेपालका पिछडा वर्ग, दलित, जनजाती, मधेशी,थारु लगायत अन्य सीमान्तकृत सर्वाहारा वर्गका हितका लागि सधैं अविचलित भएर लडिरहनु । तर केहि भिजिलान्ते तिम्रो बिरोधमा रहिरहन्छन् । तिनलाइ खुसी पार्नु भनेको तिमी असफल हुनु हो । किनकी तिनीहरु तिम्रो बिरोध त्यतिबेलासम्म गरिरहन्छन् जबसम्म तिमी असफल हुन्नौ । अलिक बिचार गर, तर ढुक्क होउ तिमी बहुसख्ंयक नेपालीले सोचेको बाटोमा अगाडि बढिरहेछौ । तिम्रो साथमा हामी सबै छौं । सायद हरबटले तिमीलाइ दिन खाजेको सन्देश यहि हुनुपर्छ ।

प्रचण्ड ज्यू, हामीलाइ थाहा छ देश अहिले इतिहासकै संगिन घडीमा छ । तिमीमाथि अनगिन्ती दबाब छन्, पर्दाभित्र तिम्रा कयौं दुखका पाटा छन् तर पनि तिमी अबिचलित भएर आफूले देखेको गन्तव्यमा सारा जनतालाइ साथमा लिएर अगाडि बढिरहेछौ । किनकी तिमीले बुझेका छौ, राजनेताको कर्म जनताका आशा, बिश्वासलाइ बास्तबिकतामा परिणत गर्नु हो । बिभिन्न माध्यमद्धारा जनतामा भएको जोशलाइ समाहित गरि डर आफूभित्र राखेर आत्मबिश्वास र अठोट जनतामा छर्नु हो ।
प्रचण्ड, तिमीले बुझेका छौ ,नेतृत्वले कुनै पनि समस्यालाइ आपतकालिन अबस्था हुनुभन्दा अगाडिनै समाधान गर्नु पर्छ । चाहे तिम्रो काँधमा दोषका पोका किन नबर्सिउन् । त्यसैले तिमी दृढ भएर कुनै रीस ,आवेग उत्तेजना र द्धेष नफैलाइ भन्छौ–‘असफलताको सबै जिम्मा म लिइ ,सफलताको जस सम्पूर्ण नेपाली जनतालाइ दिन चाहन्छु । तिमी भन्छौ ,नेपाली जनताको जीतका लागि म सधैं हार्न तयार छु ।’
प्रचण्ड, जनताको सेवा गर्न पदनै चाहिन्छ भन्ने एकोहोरो रटान लगाउने नेतृत्वलाइ तिमीले मीठो दनक दियौ । त्यसै कहाँ हो र ,मेरो गाउँ पारिको धनबहादुर परीयारले तिमीलाई देख्नेबित्तिकै नमन गरेको !
प्रचण्ड,तिम्रै अनवरत प्रय्रासलनै हो ,चुलोचौकाको अध्याँरो चौघेरामा जिन्दगी बिताउन विवस मेरी आमाजस्ता कयौं नेपाली महिलालाइ अन्यायका बिरुद्ध आवाज बुलन्द गर्न सिकाएको ।
प्रचण्ड,तिमीलाइ अन्दाज पनि छैन होला ,हाम्रो गाउँको बिरबहादुर सार्कीको छोराले तिमीलाइ कर्मदिने बुबा मान्छ किनकी उसले बुझेको छ, अदिमकालदेखि पिल्सिएका उनीहरुको आवाजमा सुर भर्ने तिमी नै हौ । आफ्नोलागि पनि सरकार छ भन्ने आवाश तिमीले नै दिलाएकोमा ढृढ बिश्वस्त छ उ ।
त्यसैले प्रचण्ड, तिम्रो एक्लो पहलमा यहाँसम्म आइपुगेका मधेसी ,जनजाती र सर्वहारा वर्गका साथ लिई संसदमा जबरजस्त प्रस्तुत होउ । जनतालाइ अघि सारेर ल्याइएका कुनैपनि प्रस्ताव फेल हुन नदेऊ ।
आजका मितिसम्मपनि शहिद परीवारले उचित सम्मान नपाउँदा अनि बेपत्ताको कुनै जानकारी नहुँदा हाम्रो मन नराम्ररी रोएको छ । अझ, युद्धका क्रममा घाइते भएका योद्धाको पीडालाग्दो जीवन देख्दा कसको आँखा रसाउन्न होला ।
दशवर्षे जनयुद्ध यसअर्थमा ऐतिहासिक छ कि यसले नेपाली समाजको रुपरेखानै परिवर्तन गरिदियो । नेपाली जनताले सधैं सपनामा देख्ने “जनताको शासन” स्थापित गराउन सफल भयो । मुख्य कुरा,राज्य सबैको साझा बन्नुपर्छ र कोहि पनि अनागरिक हुनुहुन्न भन्ने मतलाइ जबरजस्त स्थापित गराइदियो ।
शान्तीपूर्ण सम्झौताबाट मुलधारको राजनीतिमा आएको माओवादी अहिले कार्यदिशा,ब्याक्तिगत टकराव ,सत्ता र शक्तीको लागि छिन्नभिन्न भएका छन् । तर हामी एउटा कुरामा बिश्वस्त हुनुपर्छ ,नेपाली समाजले बिश्वकै उच्चतम राजनीतिक उपलब्धि हासिल गरिसकेका छ । हाम्रोजस्तो भूराजनीति भएको यो सानो देशले अझै युद्ध धान्न सक्ने क्षमता पटक्कै राख्दैन । तसर्थ ,हासिल भएका उपलब्धिलाइ संस्थागत गरि जनताको जीवनस्तर उकासी जनयुद्धका वाँकी सपना पूरा गर्नुपर्छ जुन आजको नेपाली समाजको आवश्यकता हो ।
केही कमजोरी हुँदा हुँदै पनि प्रचण्ड जनयुद्धको मर्म र भावना आत्मसाथ गरि अगाडि बढेका छन् । उनी बाँकी कार्यभार पुरा गर्न जुन हिम्मत प्रदशन गरेका छन् ,त्यसको मुक्तकण्ठले प्रसंशा गरेपनि कम हुन्छ ।
तर बिडम्बना, समाज आखिर सर्वाहाराले प्रगति गरेको चैनले सहनसक्ने कहाँ भएको छ र ? समाजको एउटा तप्का प्रचण्ड नेतृत्वमा सरकार बनेदेखिनै बदनाम गर्न अनेक प्रपोगान्डा रच्न केन्द्रीत छ । विभिन्न मिडियाबाट हुँदै नभएका कू–प्रचारबाट सरकार विरुद्ध भ्रम पैदा गरिरहेछन् । आफ्नै जनतालाई अधिकार दिँदा विखण्डन भएको भन्दै सामाजिक सञ्जालमा वमन गरिरहेछन् । यसो भनौ जनतालाई गिग्भैमित बनाउन सबै शक्ति लगाएका छन् ।
त्यसको नेतृत्व एमाले पार्टीले गरेको छ । म त्यो पार्टीको इतिहासतिर जान्न । उसले पटक–पटक दिएको धोकाको साक्षी चै म पनि हुँ । २०६५ सालमा प्रचण्ड नेतृत्वको सरलाई उसले गरेको धोका यहाँ वर्णन गरेर सकिँदैन ।
सारा जनता राजतन्त्रविरुद्ध सडकमा ओर्लिरहँदा एमाले नेतृत्वले सत्तामा पुग्नकै लागि राजालाइ बिन्तीपत्र पेस गरेको इतिहास र विगत नेपाली जनताको स्मृतीबाट हत्तपत्त हट्दैन । सम्पूर्ण देशभक्त नेपालीले गलत भनेको ‘महाकाली सन्धी’ गर्ने एमाले नेतृत्वलाइ कुनै हिनतावोध हुँदैन ।
सरकारबाट बाहिरिनु परेको पीडामा एमाले यस्तो पागल बनेको छ कि, आफैंले ल्याएको प्रस्ताव पनि उसले आयातीत भन्न थालिसकेको छ । जब–जब मधेसीलाई अधिकार दिने सवाल आउँछ ,तब एमालेलाइ अन्धो राष्ट्रवादको हाउगुजीले कसरी छोपिहाल्छ ?
किन एमाले नेपाली समाजको आधाबढी हिस्सा ओगटेको मधेशलाइ नजरअन्दाज गरि पहाडबाट भावनात्मक बिखण्डन गराउन उद्यत छ ?
काठमाण्डौंलाई सधैं आफ्नो ठानेर पुज्ने मधेशीलाइ किन एमालेले मूलधारको राजनीतिबाट धकेल्दै छ ? वा यहाँबाट धकेलेर कहाँ पगुन् भन्ने चाहन्छ एमालेले ?
मधेशीलाई काठमाण्डौंबाट अलग पार्न उद्यत एमाले आखिर कसको स्वार्थअनुसार परिचालित छ ?
अँध्यारा रातमा बिभिन्न शक्तीकेन्द्रसँग मोलमोलाइ गर्ने एमालेजनले वर्षाैंदेखि सिमानाका रक्षक रहेका मधेशी समुदायलाइ किन बारम्बार अपहेलित गरिरहेछ ?
हरेक नेपालीले एमाले नेतृत्वलाइ सोध्ने यी प्रश्नको जवाफ एमाले नेतृत्वसँग छैन किनकी उसमा महेन्द्रकालिन राष्ट्रियताको भुत सवार भएको छ । सर्वहाराको उत्थानमा महत्वपूर्ण भूमिका खेल्ने संघियता,समावेशिता , गणतन्त्र एमाले नेतृत्वको रूचिको विषय थिएन तरपनि बाध्यताले स्वीकार गर्यो । तर भित्रभित्रै यी उपलब्धिलाइ समात्त पार्न लागिपरेको रहेछ भन्ने उसले पछिल्ला दिनमा संसद र सडकमा गरेको भूमिकाले देखाउँछ ।
बहुजातीय ,बहुभाषिक र बहुसास्कृतिक देश भनेर सबैले स्वीकार गरिसकेको अबस्थामा एमालेले दौरा सुरुवाललाइ राष्ट्रिय पोशाक बनाउनुपर्ने हावादारी माग अगाडि सार्छ तर यही देशका मधेसी दाजुभाइले लगाउने धोतीलाइ ऊ पोशाक नै मान्दैन । आधा आकाश ओगटेका महिलालाई सम्मानजनक स्थान दिन सवालमा एमाले सधैं अड्चन थाप्छ । दलित ,जनजाती र पिछडा वर्गलाइ विशेषाधिकार दिन एमाले पटक्कै तयार छैन ? ।
किनकी एमाले चाहन्छ ,चुलो चौकाका अध्याँरो चौघेराभित्र खुम्चिएका महिला कहिल्यै बाहिर नआउन् । रक्सी कहिल्यै नखाने राम परीयारलाइ सधै भट्टीमा बास बस्ने सुदन अधिकारीले ‘दलित’ भएकै कारण आफ्नो घरभित्र पस्न अबरोध सिर्जना गरिरहोस् । आफू जीन्दगीभर साहुको हलिया बसेर खेत खन्दैगर्दा मुत्यु भएको काले सार्कीजस्ता हजारौका सन्ततीले पनि आफ्नै बाबुको नियति भोग्न परोस् । एमाले यो सब चाहन्छ किनकी सर्वहाराको उत्थानमा उसले आफ्नो भविष्य कहिल्यै देखेन ।
प्रश्न गम्भिर रुपमा आउँछ ,एमालेको यो दुस्प्रयास कहिलेसम्म नेपाली समाजले सहिरहने ? राजनीतिका स्वर्णिम उपलब्धिमा प्रत्तक्ष भूमिका खेल्ने नागरिकहरुले यसमा जवाफ कसरी दिने ?
नेपालको इतिहासकै राष्ट्रघाती पार्टीले जिन्दगीभर जनताको सेवा गरेका प्रचण्डलाई राष्ट्रविरोधि भनिरहँदा के सोच्दा होलान महाकाली आसपासका जनताले एमालेलाई ?
जबजको सिद्धान्तलाई व्यवहारमा कहिल्यै उतार्न नचाहने एमालेले सपनामा मदन भण्डारीलाई भेटे भने के जवाफ दिन्छन् होला ?
कुनै विदेशीले दौरा सुरुवाल लाउने बित्तिकै आफ्नै दाजुभाइ देख्ने एमाले नेतृत्वले कछाड बेरेका मधेसीलाई किन नेपालीसम्म देख्दैन ? सहरका बन्द कोठाभित्र बसेर राष्ट्रियताको चर्को दुहाइ दिने एमाले किन बुझ पचाइरहेछ ,१९५० पछि बचेको नेपालका भूभाग कसको कारणले आजसम्म हाम्रै रहेको छ ?
एमालेको अहिलेको मुख्य ध्येय यो सरकारलाई असफल पार्न खाज्नु हो भलै यो असम्भबनै किन नहोस् । माओवादी पार्टीमा साढे दुई दशक नेतृत्व गरि यहाँसम्म ल्याएका प्रचण्डका योजना लागु गर्न हामी सबैले हरसम्भब सहयोग गर्नैपर्छ ।
वर्षाेदेखि देशको प्रमुख समस्या बनेको लोडसेडिङ अन्त्य गर्न उनै प्रचण्ड नै कुर्नु पर्दाे रहेछ भन्ने कुरा नेपाली जनताले बुझेका छन् ।
तर, प्रचण्डलाई पार्टीमा राम्रो साथ भएको जस्तो देखिदैन । पार्टीका नेताहरुनै प्रचण्डलाई समर्थन गर्न आवश्यक ठान्दैनन् । प्रचण्डले गरेका राम्रो कामको प्रचार गर्न पार्टीका नेता किन लाग्दैनन् ?
प्रचण्डले के गरेनन्, मेलम्चीको पानी छिटो काठमाडौं ल्याउन पहल गरे । फाष्टट्रयाक नेपालीले नै बनाउने अडानमा बसे । राजधानीमा बढ्दो सवारी जामलाइ मध्यनजर गर्दै सरकारले मेट्रो रेल सञ्चालन गर्न काम अघि बढाएको छ ।
उता, जनयुद्धका शहिद, वेपत्ता र घाइतेका परीवारलाइ बिभिन्न परीयोजनामा सेयर दिने प्रक्रिया अघि बढाएर प्रचण्डले आफू जनयुद्धकै मर्मअनुसार अगाडि बढिरहेको स्पष्ट सन्देश दिएका छन् ।
प्रचण्डबाट बाबुराम लाई छुटाउन खोज्नेहरुको कारण बुझेर बाबुराम माअाेवादी केन्द्रमा फर्कन्छन भन्ने अपेक्षा गर्न सकिन्छ ।
हामी आफैंभित्र पनि कयौं पटक अन्तरद्धन्द्ध पैदा हुन्छ । आफूलाई जम्मदिने बुबाआमासँग त कहिलेकााहि बिबाद हुन्छ भने बिचार समान भएर समाहित हुने पार्टीमा कहिलेकाँहि बिचारको ब्याख्यामा आउने समस्या वा देखिने टकराव विल्कुल साधारण हुन् । तर तिनलाइ पार्टीभित्रकै फोरममा समाधान गरि जनताकाबीच एकजुट भएर प्रस्तुत हुनुपर्छ ।
तसर्थ ,माओवादी आन्दोलनमा नेतृत्व र पार्टीविरुद्ध सिर्जना गरिने भ्रमलाइ कलिल्यै उठ्ननसक्ने गरि चिर्नुपर्छ । अनि जनताको मन जितेर अत्याधिक मत ल्याइ जनताकै लागि काम गर्न माओबादी पार्टी लाग्नुपर्छ ।
ढुक्क होऔं, केपी ओलीले बाँडेका सपनाहरु यति कमसल छन् कि सानो हावाहुरीले पुरा सखाप पार्नेछ । यदि हावा चलेन भने पनि ती एकदिन पानीको फोकासरी फुटेर हराउँनेछन् । अर्कातिर प्रचण्डले हामी सबैको सपनालाई विश्वासमा परिणत गर्नेक्रममा यस्तो सफा, निश्चल,पबित्र अनि मजवुत गोरेटो बनाएका छन् कि हामीलाइ कयौं बर्षसम्म यसले हार्दिकता पैदान गरिरहनेछ ।
बेलाबखत मलजल गर्न सके हामीले यसको ब्याज कयौं दशकसम्म पाइरहनेछौं । यसैले ,आउँ यो बाटोमा सबै अट्न सक्ने अवस्था सिर्जना गरि प्रचण्डलाइ बिजय गरायौं किनकी हामीलाई थाहा छ प्रचण्ड विजय हुनु भनेको स्वत हामी सबैको उत्थान हुनु हो । एकपल्ट फेरि सोचम् त, प्रचण्डले यदि हारे भने हाम्रो कति पुस्ताले फेरी हार्नुपर्नेछ ?
प्रचण्डले हाम्रो खुसीमा आफ्नो जीत देखिरहेछन् भने उनको रक्षा अहिले नगरे कहिले गर्ने ?
यी लेखकका नीजि विचार हुन् ।