सरकारलाई दबाब दिन एमालेले मेची–महाकाली अभियान गर्ने, पोलिटब्युरो बैठक डाकियो

प्राधिकरणको सिइओ हटाइनु पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको ठहर

काठमाडौं, माघ २ । सरकारलाई दबाब दिन प्रमुख प्रतिपक्षी दल एमालेले मेची–महाकाली अभियान गर्ने भएको छ । आइतबार धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको स्थायी समिति बैठकले जनदबाब सिर्जना गर्ने उद्देश्यसहित माघ २१ गतेदेखि मेची महाकाली अभियान सुरु गर्न लागेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले सरकारलाई तत्काल निर्वाचनको वातावरण बनाएर मिति घोषणा गर्न माग गरेको छ । बैठकमा सरकार चुनावप्रति गम्भीर नदेखिएको निष्कर्ष निकाल्दै तत्काल वातावरण बनाउन माग गरेको हो । निर्वाचन सम्बन्धी विधेयक तत्काल संसदमा पेश गर्न, स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न माग गरेको छ । एमालेले राजनीतिक असहमति र द्वन्द्व चर्काउने कुनै पनि काम नगर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।

बैठकपछि सचिव प्रदिप ज्ञवालीले जारी गरेको बिज्ञप्तिमा संसदमा टेबल भएको संसोधन विधेयक संसद नियमावली र संसदीय अभ्यास विपरित भएको भन्दै यसले द्धन्द्ध चर्काउने उल्लेख छ । बैठकले पुनर्निर्माण प्राधिकरणको सिइओ हटाइनु पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको ठहर समेत गरेको छ ।

संविधानको कार्यान्वयनका लागि जनदबाब सिर्जना गर्न आगामी फागुन २१ गतेदेख मेची–महाकाली अभियान सुरु गर्ने निर्णय गरेको छ । त्यसको तयारीका लागी यही माघ २४ र २५ गते पोलिटब्युरो बैठक बोलाइएको ज्ञवालीले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: