मधेश बिनाको काठमाडौं कल्पना गर्न सकिँदैन–प्रधानमन्त्री प्रचण्ड

यएइ, माघ ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश बिनाको काठमाडौंको कल्पना गर्न नसकिने बताएका छन् । आइतबार दुवईमा प्रवासी नेपालीहरुले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले मधेशका लागि काठमाडौं र काठमाडौंका लागि मधेश दुवै अभिन्न रुपमा जोडिएको बताएका हुन् ।

उनल भने–‘मधेशका लागि काठमाडौं र काठमाडौंका लागि मधेश दुवै अभिन्न रुपमा जोडिएका छन् । मधेश बिनाको काठमाडौंको कल्पना पनि गर्न सकिँदैन । सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रिय एकता र अखण्डताकै लागि हो ।’

प्रधानमन्त्रीले पहाड र मधेशका नाममा क्षेत्रीय ध्रुवीकरण बढ्नु नहुने बताउँदै हिमाल, पहाड र तराईबीचको एकता जोगाउनु सबैको पहिलो दायित्व भएको जिकिर गरे । उनले कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर राष्ट्रियता बलियो बनाउन नसकिने बताए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री प्रचण्डले निर्वाचनको मिति आजै घोषणा गर्ने

सरकारको चासो आर्थिक समृद्धि र बिप्रेषणको प्रतिफलयुक्त आयोजनामा लगानी गर्नुमा रहेको प्रधानमन्त्रीले जानकारी दिँदै भने–‘मेरो नेतृत्वमा सरकार बनेदेखि निरन्तर देश दौडाहामा छु । कसरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ, कसरी राष्ट्रिय आयोजनाहरु छिटो सम्पन्न गर्न सकिन्छ । तपाईहरुको पसिनाबाट आर्जेको बिप्रेषण कसरी सदुपयोग र लगानी गर्न सकिन्छ । यसका लागि मैले निरन्तर प्रयास गरिराखेको छु ।’

उनल साउदी अरबको विकास र चमत्कार हेर्ने अवसर मिलेको बताउँदै संसारका सबैभन्दा ठूला र अग्ला मानव निर्मित टावर यएइमा भएपनि नेपालमा प्राकृतिक टावर (सगरमाथा) भएको उल्लेख गरे । उनले यी दुई वटा टावरलाई जोडेर नेपालको विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको बताए ।

याे पनि पढ्नुस  मधेसी मोर्चा फकाउँदै प्रधानमन्त्री

प्रवासी नेपालीहरुसँग अन्तरक्रियापूर्व प्रधानमन्त्रीले नेपाली व्यवसायीहरुसँग अन्तरक्रिया गरेका थिए । उनले प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गर्दै भने–‘तपाईहरुले नेपालबाट आएर यहाँ व्यवसाय गर्नुभएको छ । हामी नेपालमा पनि लगानीको वातावरण बनाउन प्रयत्नशील छौं । त्यसका लागि मार्च २ र ३ मा काठमाडौंमा लगानी सम्मेलन गर्दैछौं । तपाईहरुले पनि नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश लैजान अनुरोध गर्छु ।’

प्रधानमन्त्रीले प्रवासी नेपालीहरुका समस्या प्रत्यक्ष बुझ्ने अवसर पाएकोमा जोड दिँदै भने– ‘तपाईहरुले आफ्ना समस्या र पीडा राख्नुभएको छ । मैले सरकारको तर्फबाट प्रवासी नेपालीहरुका समस्या समाधानमा निरन्तर कोशिस गरिरहेको छु । अध्यागमनलाई व्यवस्थित गर्ने, गलत काम गर्ने कर्मचारीलाई कार्वाही गर्ने, दुवईमा कन्सुलर कार्यालय खोल्ने विषयमा छिटै निर्णय लिनेछौं । बुझ्नुहोला, सरकार तपाईहरुको साथमा छ, आवश्यक सहयोगका लागि सक्दो कोशिस हुनेछ ।’

याे पनि पढ्नुस  एमाले अध्यक्ष ओली गढ झापा जाँदै प्रधानमन्त्री प्रचण्ड (सबै खर्च पार्टीले व्योहोर्ने)

कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले नेपालमा विद्युत बजारको समस्या नरहेको भन्दै उत्पादित विद्युत नेपालमै खपत गर्न सकिने र साझा संकल्प गर्ने हो भने १५ वर्षभित्र देशलाई समृद्ध बनाउन सकिने बताए । भेटका अवसरमा व्यवसायी र प्रवासी नेपाली कामदारहरुले नेपालको आर्थिक विकास र विदेशमा नेपालीले भोग्नुपरेका विविधि समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराएक

कमेन्ट गर्नुहोस्