गिटी कुटेर दैनिकी चलाउँदै पूर्वमाओवादी लडाकु

छोरीलाई राम्रो शिक्षा दिने भगवतीको धोको छ । तर, छोरीका लागि स्कुल पोसाक किन्नेसम्म पैैसा उनीसँग छैन ।

बैतडी, माघ ३ । कुनै वेला देश परिवर्तनका लागि सशस्त्र युद्धमा होमिएका माओवादी लडाकु अहिले गिटी कुटेर छाक टार्दै छन् भन्दा पत्याउनै गाह्रो होला । तर, बैतडीकी भगवती सार्की सुशीलाको दैनिकी यसैगरी चलिरहेको छ । सेना समायोजनाका क्रममा अयोग्य ठहरिएपछि भगवतीले बिहान बेलुकाको छाक टार्न पनि गिटी कुट्न बाध्य भएको बताइन् । उनले भनिन्, ‘कमाइ गर्न खेतबारी छैन, अरू काम खोज्दा पाइएन,’ ।

बैतडीको सित्तड गाविस माइती भएकी सुशीला विवाहपछि बैतडीकै दशरथ चन्द नगरपालिका–१ बाडीलेकमा बस्दै आएकी छिन् । खानलगाउन समस्या भएपछि भगवतीकाका श्रीमान् रोजगारीका लागि भारत पसेका छन् । तत्कालीन माओवादी सेनाको लोकेश स्मृति ब्रिगेड ७औँ डिभिजनमा कार्यरत भगवतीले घर फर्कने वेला एक पैसा पनि नपाएको दुखेसो गरिन् । उनले माओवादी नेताका मीठा भाषण सुनेर युद्धमा लागेको बताइन् । तर, अहिले युद्धपीडित बनेको गुनासो गरिन् ।

छोरीलाई राम्रो शिक्षा दिने भगवतीको धोको छ । तर, छोरीका लागि स्कुल पोसाक किन्नेसम्म पैैसा उनीसँग छैन ।

‘समाज र देश बदल्न क्रान्तिमा हिँडियो । व्यवस्था फेरिएर गणतन्त्र आयो तर लडाकुलाई अयोग्य भनेर घर पठाए । हाम्रो अवस्थाबारे पार्टी र राज्यले ध्यानै दिएनन्,’ भगवतीले भनिन् । व्यवस्था फेरियो, तर हाम्रो दुःख फेरिएन कुनै वेला ज्यानको बाजी थापेर सुरक्षा गरेका नेताले अहिले भेट्दा पनि नचिनेझैँ गर्ने उनले बताइन् । उनले भनिन्, ‘ज्यानको बाजी थापेर हामीले नेताको सुरक्षा गर्‍यौँ, अहिले तिनै नेताले हामीलाई चिन्दैनन्, व्यवस्था फेरियो, तर हाम्रो दुःख फेरिएन ।’ उनले पैसा अभावमा चार वर्षीया छोरीलाई स्कुल पठाउन पनि नसकेको बताइन् । छोरीलाई राम्रो शिक्षा दिने भगवतीको धोको छ । तर, छोरीका लागि स्कुल पोसाक किन्नेसम्म पैैसा उनीसँग छैन ।

ब्यारेकबाट घर फर्कने वेलामा उनका सबै कागजपत्र कमान्डरले राखेको उनले बताइन् । ‘केही पाइने भए खबर गरौला भन्थे, तर अहिलेसम्म कुनै खबर आएन् ।’ उनले भनिन्, ‘बैतडी फर्केपछि पार्टी कार्यालयमा गएर बुझ्दा कसैले मतलबै गरेनन् ।’ उनले शान्ति प्रक्रियापछि नेताहरूले घरघरेडी जोडेको तर यहाँसम्म पुर्‍याउन भर्‍याङ बनेका लडाकुलाई बेवास्ता गरेको बताइन् । ‘यस्तो जीवन भोग्नु रै’छ, सहिद भएको भए राम्रो हुन्थ्यो,’ उनले भनिन् ।

नेता मन्त्री बने, हामी अयोग्य ठहरियौँ बैतडीको सित्तड गाविसबाट पुरचौडीहाट हुँदै कैलालीको तालबन्द र बाँके, बर्दियासम्म पार्टीको काममा पुगेकी भगवती अहिले बाडीलेकको सानो घरमा कैदी जस्तै भएकी छिन् । ‘पढ्ने उमेरमा युद्धमा लागियो, के–के नै हुन्छ भन्ने सोचेकी थिएँ, आखिर यस्तो भोग्नु रहेछ,’ भगवतीले भनिन् ‘युद्ध लडेर सुरक्षा घेरामा बचाएका नेता देशको मन्त्री र प्रधानमन्त्री भए । तर, उनीहरूलाई बचाउने हामी अयोग्यको ‘ट्याग’ बोकेर घर फर्कियौँ ।’

उनले घर फर्किने वेलामा लडाकुलाई राज्य र पार्टीले राम्रो शब्दसम्म दिन नसकेको बताइन् । ‘हाम्रै बलमा सत्तामा पुगेकालाई कुनै वास्ता छैन्, अरूबाट के आशा गर्ने ?’ भगवतीको यो प्रश्न बहिर्गमित जनमुक्ति सेनाका सुप्रिम कमान्डरसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग थियो ।

नयाँ पत्रिकाबाट साभार

तस्वीरः मिलनप्रकाश ढुंगाल

कमेन्ट गर्नुहोस्

%d bloggers like this: