युएइमा प्रधानमन्त्रीले भने– ‘संशोधन प्रस्ताव राष्ट्रिय एकता र अखण्डताकै लागि’

दुवई, माघ ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले पहाड र मधेसका नाममा मुलुकमा क्षेत्रीय ध्रुवीकरण बढ्न नहुने बताएका छन् । प्रधानमन्त्रीले हिमाल, पहाड र तराईबीचको एकता जोगाउनु आफ्नो सरकारको पहिलो दायित्व भएको बताए ।

दुवईमा प्रवासी नेपालीहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले मधेस विनाको काठमाडौंको कल्पना गर्न नसकिने बताए । सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रिय एकता र अखण्डताकै लागि भएको प्रचण्डले बताए । उनले भने– ‘कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर राष्ट्रियता बलियो बनाउन सकिदैन, मधेसका लागि काठमाडौं र काठमाडौंका लागि मधेस दुवै अभिन्न रुपमा जोडिएको छ ।’

प्रधानमन्त्री प्रचण्डले सरकारको चासो आर्थिक समृद्धि र बिप्रेषणको प्रतिफलयुक्त आयोजनामा लगानी गर्नुमा रहेको बताए ।

प्रवासी नेपालीहरुसँग अन्तरक्रियापूर्व प्रधानमन्त्रीले नेपाली व्यवसायीहरुसँग छलफल गरेका थिए । नेपालमा पनि लगानीको वातावरण बनाउन सरकार प्रयत्नशील रहेको बताए । ‘अब नेपालमा लगानी गर्ने प्रशस्तै आधार वर्तमान सरकारले बनाइदिएको छ, नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश तपाईँहरुले सबैलाई लैजानुहोला ।’ प्रचण्डले भने ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: