मकवानपुर, माघ ३ । हेटौडामा सरक विस्तारमा क्षति भएको घरहरुको मुआब्जा माग्दै बजार आसपासका स्थानीयले सोमबार बजार बन्द गराएका छन् ।
सडक डिभिजन कार्यालय हेटौडाले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौडा बजार सडक खण्डमा २५ मिटर भित्र पर्ने निजी सम्पत्तिको मुआब्जा नदिइएको भन्दै स्थानीय बिरोधमा उत्रिएका हुन् ।
सडक ऐन र पूर्वपश्चिम राजमार्ग बन्नु अघि देखि नै आफूहरु बसोबास गर्दै आएको घरलाई नयाँ बनाइएको नियमले मिच्नु अन्याय भएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । बजार बन्दले सम्पूर्ण यातायात अवरुद्ध भएको छ । ‘पहिलेदेखि भोगचलन गरेको र राज्यलाई सोही जग्गाको आधारमा राज्यलाई कर तिरेका हामीले आफ्नो नीजि जग्गा विना मुआब्जा भत्काउन कसरी दिने ?’, हेटौडा बसोबास संरक्षण समितिका संयोजक राजकुमार न्यौपानेले भने ।
केही दिनदेखि हैटौडा सडक डिभिजन कार्यालयले २५ मिटर भित्रपर्ने सरकारी स्वामित्वका भौतिक संरचना भत्काई सकेको छ । अहिले निजी घरटहरा हटाउन कार्यालयले १५ दिने सूचना दिएको थियो । उक्त पन्ध्र दिने म्याद आज सोमबारदेखि सकिएको छ ।