शीतल निवासमा पूर्व राजा ज्ञानेन्द्र

काठमाडौं, माघ ३ । पूर्व राजा ज्ञानेन्द्र शाह पहिलो पटक राष्ट्रपति भवन शीतल निवास छिरेका छन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुशुमको विवाहको निम्तो मान्न उनी सोमबार मध्याहृन शीतल निवास पुगेका हुन् ।

उनी पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शम्सेर राणा, राप्रपा अध्यक्ष कमल थापा,सेनापति प्यारजंग थापा,गणेश थापा लगायतसँग वीस मिनेट एउटै राउण्ड टेबलमा बसेका थिए ।
निशाकुशुमको पूर्वराष्ट्रपति रामवरण यादवका नाती अभिशेषसँग विवाह भइरहेको छ ।

२०६३ सालमा बनेको अन्तरिम सरकारले गणतन्त्रको घोषणा गरेपछि पूर्व राजा ज्ञानेन्द्र नागार्जुनमा रहेको दरबारमा बस्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: