जलविद्युत, सौर्यको परिचालन गरे दक्षिण एसियाको माग आपूर्ति गर्न नेपाल समक्ष हुन्छः प्रधानमन्त्री प्रचण्ड

आवुदावी, माघ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उर्जाको आवश्यकताको दिगो रुपले समाधान नगर्ने हो भने हाम्रा विकासका आयामहरू असफल हुने बताएका छन् । आवुदावीमा आयोजित दशौं विश्व भविष्य उर्जा सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले  नेपालमा जलविद्युत, सौर्य आदि प्रचुर मात्रामा स्रोत भएकाले हामीले यी श्रोतको परिचालन गरे  समग्र दक्षिण एसियाको माग आपूर्ति गर्न नेपाल समक्ष हुने बताए ।

सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दिगो उर्जा र सफा प्रविधि प्राप्त गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले भने, ‘दिगो उर्जा र सफा प्रविधि प्राप्त गर्नका लागि साझा उद्देश्य लिएर छलफल गर्न यस बृहत् फोरमले उत्तम सम्भावना प्रदान गरेको छ । यु.ए.इ.ले उर्जा क्षेत्रलाई आमूल परिवर्तन गर्न खेलिरहेको मुख्य भूमिकालाई यस सम्मेलनले आत्मसात गरेको छ । उर्जाको आवश्यकताको दिगो रुपले समाधान नगर्ने हो भने हाम्रा विकासका आयामहरू असफल हुनेछन्, उर्जा विकास र मानताका लागि जीवन प्रदायक वस्तु भएकोमा यो सम्मेलनले आत्मसात गरेको छ ।’

उर्जा सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा व्यक्त सम्बोधनको नेपाली संक्षेपीकरण यस प्रकार रहेको छः
१. यस महत्वपूर्ण सम्मेलनमा ख्याति प्राप्त राजनीतिज्ञ, व्यापारिक र प्राज्ञहरूसामू आफ्ना विचार राख्न पाउँदा आफू गौरवान्वित भएको छु ।
२. सम्मेलनमा भाग लिन निमन्त्रणा गर्ने र यसको व्यवस्था मिलाउने आयोजकलाई आभार व्यक्त गर्न चाहन्छु ।
३. यस सुन्दर नगरीमा मलाई प्रदान गरिएको आतिथ्यका लागि यु.ए.इ.का जनताहरू र सरकारलाई धन्यवाद दिन चाहन्छु ।
४. दिगो उर्जा र सफा प्रविधि प्राप्त गर्नका लागि साझा उद्देश्य लिएर छलफल गर्न यस बृहत् फोरमले उत्तम सम्भावना प्रदान गरेको छ ।
५. यु.ए.इ.ले उर्जा क्षेत्रलाई आमूल परिवर्तन गर्न खेलिरहेको मूख्य भूमिकालाई यस सम्मेलनले आत्मसात् गरेको छ ।
६. उर्जाको आवश्यकताको दिगो रुपले समाधान नगर्ने हो भने हाम्रा विकासका आयामहरू असफल हुनेछन्, उर्जा विकास र मानवताका लागि जीवन प्रदायक वस्तु हो ।
७. २०१५ मा विश्वका नेताहरूले हाम्रो दिगो आवश्यकताका लागि दिगो विकासका प्रण गर्नुभएको छ ।
८. त्यसमा सातौं गोलले सबैका लागि पहुँचमा भएको भरभर्दो, दिगो र आधुनिक उर्जाको निश्चितताको कुरा गर्छ ।
९. दुर्भाग्य छ की ५ मा १ जना आफैं आधुनिक विद्युतबाट वञ्चित छन् । र ६% हरित गृह उत्सर्जन हाम्रो कार्वनमूखी उर्जा खपतले गर्दा हुने गर्छ ।
१०. भविष्यमा हाम्रा सन्ततीले हाम्रा प्रतिवद्धतालाई शंका नगरुन भन्नका लागि विगतमा गरेका प्रतिज्ञा र प्रतिवद्धतालाई लागू गर्नुपर्ने बेला आएको छ । जसले तातो र अँध्यारो पृथ्वी भएर असफल भविष्यमा धकेलिनुबाट बँच्न सकिने छ ।
११. फसिल उर्जामा निर्भर भएको अर्थतन्त्रले जलवायु परिवर्तनका नकारात्मक असरबाट पृथ्वीलाई बचाउन सक्ने छैन ।
१२. नकारात्मक असरबाट बच्न र उर्जा सुरक्षा गर्न तथा हरित अर्थतन्त्रका लागि पनि सफा उर्जा (सौर्य, जल, हावा र थर्मल) को आवश्यकता छ । जसले मानव सुरक्षालाई प्रत्याभूत गर्ने छ ।
१३. जलविद्युतमा नेपाल पहिलेदेखि (१९११) लागि परेको छ तर विडम्वना छ कि हालसम्म ३०% जनता आफै विद्युतबाट बञ्चित छन् ।
१४ मेरो सरकार आउनुअघि वर्षौदेखि दिनहु १२ देखि १६ घण्टा विद्युत कटौती हुने गथ्र्यो । आपूर्ति तर्फको व्यवस्थापनलाई सुदृढ गरी हाल विद्युत कटौती पूर्ण रुपले हटाउन सफल भएका छौं ।
१५. यो विडम्वना छ कि ८३,००० मेघावाट विद्युतको सम्भावना हुँदाहुँदै हामीले उर्जा सङ्कट व्यहोर्नु परिराखेको छ ।
१६. सौर्य उर्जाको नेपालमा निकै ठूलो सम्भावना छ । ०.०१% यरियामा २९२० मेगावाट घण्टा प्रतिवर्ष पाउन सकिन्छ । जो २५१,२४३ टन तेल बराबर हो ।
१७. पुनः नवीकरणीय उर्जा नै हाम्रा लागि दिगो श्रोत हो, फसिल होइन ।
१८. यसरी नेपालमा जलविद्युत, सौर्य आदि प्रचुर मात्रामा स्रोत हुनाले उर्जा सङ्कट व्यहोर्नुपर्ने देखिदैन । हामीले यी श्रोतको परिचालन गर्नुपर्ने हुन्छ र समग्र दक्षिण एसियाको माग आपूर्ति गर्न नेपाल समक्ष हुनेछ ।
१९. उर्जा सङ्कटले हाम्रो राष्ट्रिय विकासको आकाङ्क्षालाई इङ्गित गरेको छ ।
२०. नेपाल लामो राजनीतिक संक्रमणकालपछि अब आर्थिक विकासको बाटोमा द्रूतगतिले लागि परेको छ ।
२१. २०२२ सम्म विकासशील राष्ट्र र २०३० सम्म मध्यम अर्थतन्त्रको सूचीमा पर्ने योजनाअनुरुप नेपालले २०३० सम्म ६००० मेघावाट थप विद्युतको व्यवस्था गर्नुपर्ने हुन्छ । यसैगरी २०४० सम्म २५,००० मेघावाट विद्युतको आवश्यकता पर्नेछ ।
२२. नेपाली उर्जा क्षेत्रमा लगानीको प्रचूर सम्भावना छ । खासगरी यातायात र अन्य पूर्वाधारका योजना अगाडि बढिरहेकाले उर्जाको विकासमा टेवा मिल्ने छ ।
२३. विद्युत वितरण र प्रशारण क्षेत्रमा लगानीको सम्भावना प्रशस्त छ ।
२४. हामीले वैदेशिक लगानीका लागि सहज नीति अवलोकन गरेका छौं । यसै सन्दर्भमा २०७१ मा हामीले राष्ट्रिय उर्जा सङ्कट निवारण र विद्युत विकास दशकको कार्ययोजना मनाउँदै छौं जसबाट सन् २०२५ सम्म १०,००० मेघावाट विद्युत उत्पादन गरिने छ । यसका लागि सहज नीति, नीजि क्षेत्रलाई प्रोत्साहन, पुनः नवीकरणीय उर्जा उत्पादनमा अनुदान आदि नीति ल्याइएको छ ।
२५. हाम्रा श्रम नीति बजारमा छन् र नेपालमा सस्तोमा प्रशस्त श्रम उपलब्धता छ ।
२६. हामी उर्जा उत्पादनका लागि अलग्गै योजना विकास सम्झौता गर्ने नीति लिएका छौं । एकद्वार प्रणाली र साझेदार कर्मचारीतन्त्रले गर्दा हामी दक्षिण एसियामा दोस्रो सजिलोसँग व्यापार गर्ने देशमा पर्दछौं ।
२७. हामी ठूलो बजारको बीचमा भएकाले उर्जा व्यापारमा धेरै सम्भावना छन् । उर्जा व्यापार सम्झौता गरेर हाम्रो विद्युत भारतमा निर्यात गर्ने बाटो खेलेको छ ।
२८. व्यापारी साथीहरूलाई यसै मञ्चबाट २ र ३ मार्च २०१७ मा नेपालमा आयोजना गरिएको लगानी सम्मेलनमा निमन्त्रणा गर्न चाहन्छु ।
२९. हरित, सम्बृद्ध र दिगो भविष्यको सम्भावना छ । हामीमा प्रतिवद्धता, सोचाइ र बृहत् लगानीका लागि साझेदारीको आवश्यकता छ । त्यसका लागि दशौं उर्जा सम्मेलन फलदायी हुने विश्वास लिएको छु ।

कमेन्ट गर्नुहोस्