प्रचण्ड सरकारको उपलब्धिः मुल्यवृद्धि सरकारी नियन्त्रणमा

अघिल्लो महिना १४ प्रतिशतले वढेको खाद्य बस्तुको मुल्यवृद्धि गत महिना शुन्यमा सीमित

काठमाडौं, माघ ४ । देशमा मूल्यबृद्धिमा कमी आएको एक अध्ययनले देखाएको छ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा मुल्यवृद्धिमा कमी आएको राष्ट्रवैंकले जनाएको छ । कार्तिक महिनामा ४ प्रतिशतको हाराहारीमा रहेको मुल्यवृद्धि मंसिरमा ३ दशमलव ८ प्रतिशतमा कायम भएको केन्द्रीय वैंकद्धारा जारी वर्तमान आर्थिक तथा वित्तिय स्थिती समिक्षा प्रतिवेदनले जनाएको थियो ।

अघिल्लो वर्ष भारतीय नाकाबन्दीका कारण १ सय ५० प्रतिशत सम्म मुल्यवृद्धि भएको विभिन्न अध्ययनले देखाएपनि राष्ट्रवैंकले भने करिव १२ प्रतिशत मुल्यवृद्धि भएको तथ्याङक प्रस्तुत गरेको थियो । आपूर्ति व्यवस्थामा सहजता तथा भारतमा निरन्तर मुल्यवृद्धि घटेका कारण नेपालमा समेत यसको प्रत्यक्ष प्रभाव परेको हो ।

अघिल्लो महिना १४ प्रतिशतले वढेको खाद्य बस्तुको मुल्यवृद्धि गत महिना शुन्य दशमलव ६ प्रतिशतमा सिमित भएको छ । गैरखाद्य वस्तुतर्फ भने ६ दशमलव ५ प्रतिशतले मुल्यवृद्धि भएको छ । गतवर्ष ९ दशमलव १ प्रतिशतले गैरखाद्य वस्तुको मुल्यवृद्धि भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: