आठ केजी चरेससहित एक जना पक्राउ

काठमाडौँ, माघ ४ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले आठ केजी चरेससहित बागलुङका ५० वर्षीय जुद्ध वनलाई आज पक्राउ गरेको छ ।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग१ख ३६७८ नंको यात्रुबाहक बसमा कालो झोलामा प्लास्टिकमा बेरी चरेस ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रभागका प्रहरी नायब निरीक्षक विदुरचन्द्र अधिकारीले जानकारी दिए ।

याे पनि पढ्नुस  यस्तो पनि: बाबुको हत्त्या आरोपमा परिवारका सबै पक्राउ

फाइल तस्वीर

कमेन्ट गर्नुहोस्