नेपालको जलविद्युतमा युएई सरकारले लगानी गर्ने

युएइ, माघ ४ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले नेपालको जलविद्युतमा लगानी गर्ने जनाउ दिएको छ । ऊर्जामन्त्री जनार्दन शर्मासँग सोमबार अबुधावीस्थित ऊर्जा मन्त्रालयमा भेट गर्दै त्यहाँका ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीले नेपालमा हाइड्रो पावरमा लगानी गर्न आफुहरु पनि इच्छुक रहेको जानकारी दिएका हुन् ।

नेपालमा जलविदयुतमा लगानी गर्न हामी इच्छुक छौं, तर त्यसको लागि दुवै पक्षबीच औपचारिक प्रक्रिया शुरू गन हामी तयार छौं, ऊर्जामन्त्री शर्मासँगको ४५ मिनेट लामो भेटमा मजौरीले भनको कुरा उधृत गर्दै त्यहाँस्थित नेपाली राजदुतावासका सहचारी केशवराज पोख्रेलले जानकारी दिए । ।

याे पनि पढ्नुस  २२० केभी प्रसारण लाईन उदघाटन गर्न प्रचण्ड खिम्तीमा

नेपालमा सबै क्षेत्रमा लगानी गर्ने अवस्था छ, मजौरीले भने–‘हाइड्रो पावरका अतिरिक्त नेपालमा कृषि र पर्यटनमा लगानी गर्न हामी इच्छुक छौं, तपाईहरुले वातावरण बनाइदिनुपर्यो ।’
उर्जामन्त्री मजौरीले नेपालको ऊर्जा संकट अन्त्य गर्न हाइड्रो पावर र सोलार पावरलाई एकीकृत गरेर काम गर्न सुझाव दिए ।

याे पनि पढ्नुस  बन्द राजमार्ग आधा घण्टामै खुलाउने गृहमन्त्रीको योजना

वल्र्ड फ्युचर इनर्जी समिट २०१७ मा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग युएई पगेका उर्जामन्त्री शर्माले कम्तीमा आगामी एक सय वर्षसम्मको लागि नेपालमा हाइड्रो पावरमा लगानी राम्रो हुने भन्दै लगानी गर्न आग्रह गरेका थिए ।

समिटमा पेट्रोलियम र हाईड्रो ऊर्जालाई क्रमश सौर्य उर्जा र वायोग्याँसले विस्थापित गर्दै लैजाने विषयमा छलफल केन्द्रीत हुने बताइएको छ । यस्तै समिटमा सन् २०५० सम्ममा बायोग्यास र सौर्य उर्जाको उत्पादन बढाएर ९० प्रतिशत पुर्याउने र अन्य उर्जालाई १० मा सीमित पार्ने लक्ष्य कार्यन्वयनका विषयमा गहन छलफल गर्ने कार्यक्रम रहेको छ । एक सातासम्म चल्ने इनर्जी समिटमा एक सय ५० राष्ट्रका प्रमुख, सरकार प्रमुख तथा मन्त्रीहरुले भाग लिएका छन् ।

कमेन्ट गर्नुहोस्