हेटौंडाका निजी घरमा डोजर चल्यो

हेटौंडा, माघ ४ । हेटौडामा सडक क्षेत्र मिचेर बनाइएको निजी घर, टहरा भत्काउन सुरु गरिएको छ ।

डिभिजन सडक कार्यालय हेटौँडाले सडक सीमा अतिक्रमण गरी राजमार्गमा पर्ने सडकको दायाँवायाँ २५÷२५ मिटर भित्र बनाइएका भौतिक संरचना हटाउन दिएको समयसीमा सकिएसँगै मंगलबार विहानैदेखि घर भत्काउन सुरु गरेको हो ।

याे पनि पढ्नुस  मिर्गौला रोगीको डायलाइसिस सेवा सञ्चालन

सडक अतिक्रमण गरी घर, टहारा निर्माण गरेको भन्दै सडक कार्यालयले राप्तीरोडबाट भत्काउन थालेको हो । सडक फराकिलो पार्ने काम सुरु भएपछि मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा प्रर्दशन समेत भएको छ । स्थानीय प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

सडक डिभिजन कार्यालयले सडक क्षेत्रका सरकारी संरचना केहीदिन अघि भत्काइसकेको छ । हेटौंडाको सडक विस्तार अभियान नरोकिने सडक विभागले जनाएको छ । सडक विस्तारसँगै हेटौंडाको मुख्य बजार क्षेत्रका अधिकांश घर भत्किने भएको छ । ।

याे पनि पढ्नुस  संसद्मा संकल्प प्रस्ताव दर्ता

स्थानीयले मुआब्जा नदिई सडक विस्तार गर्न नदिने भन्दै सोमबार हेटौडा बजार बन्द गराएका थिए । मकवानपुर उद्योग वाणिज्य संघ, बसोबास संरक्षण समिति, उद्योगी ब्यवसायी तथा राजनीतिक दहलरुले घर भत्काउन नहुने माग गर्दै आन्दोलनमा छन् ।

तर, सरकारले सडक मिचेर बनाइएका घर, टहरा तथा व्यापारिक भवन भत्काउँदा मुआब्जा नदिने निर्णय गरिसकेको छ ।

याे पनि पढ्नुस  हेटौंडामा कपडा कारखाना चलाउने प्रधानमन्त्रीको उद्घोष

हेटौडाका स्थानीय पत्रकारको सहयोगमा

कमेन्ट गर्नुहोस्