जेठ पहिलो हप्ता निर्वाचन हुन्छ–प्रमुख आयुक्त यादव

प्रदेश र प्रतिनिधिसभाको चुनाव एकैपटक असम्भव

काठमाडौँ, माघ ४। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जेठ पहिलो हप्ता चुनाव गर्न सकिने बताएका छन् । तर त्यसका लागि सरकारले यही माघ १५ गतेसम्म निर्वाचनसम्बन्धी ऐनकानुन दिनुपर्ने उनले बताए ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा डा. यादवले भने – “निर्वाचनका लागि पुरानो ऐन, कानुनअनुुसार तयारी थालेका छौँ, नयाँ ऐन, कानुन दिए त्यसअनुसार काम अगाडि बढाउँछौँ ।”

याे पनि पढ्नुस  प्रमुख आयुक्त डा यादवले भने– ‘आयोगले अरुको कुरा सुनेर होइन आफ्नो कार्यतालिका अनुसार नै काम गर्छ’

प्रमुख आयुक्त डा. यादवले २०७० सालको संविधानसभाको निर्वाचनपछि बनेको पहिलो सरकारको प्राथमिकता छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गराउने भन्ने रहेकामा अहिलेसम्म हुन नसक्नु दुःखद रहेको बताए ।

उनले निर्वाचनका लागि मतदाता नामावली, मतदाता परिचय पत्र वितरण, मतपत्र, मतदानस्थल, मतदान, मतपेटिका, मसलन्द र मानव संसाधन आवश्यक रहेकाले यसको गृहकार्यमा आयोग जुटेको जानकारी दिँदै भने – “सरकारले निर्वाचनको बाटो बनाए हामी अहोरात्र खटेर काम गर्न तयार छौँ ।”

याे पनि पढ्नुस  प्रमुख निर्वाचन आयुक्तद्धारा सबै क्षेत्रमा निर्वाचनमैत्री वातावरण बनाउन सरकारसँग आग्रह

डा यादवले स्थानीय तहको निर्वाचन एकै पटक सम्भव नभएको र चरणबद्ध निर्वाचनका लागि सुरक्षा निकायसँग छलफल भइरहेको बताउनुभयो । उहाँले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै पटक सम्भव नभएको बताए ।

कमेन्ट गर्नुहोस्