लोकसेवा परीक्षाको तयारी वस्स्तुगत प्रश्नोतर

० मिस नेपाल २०१५ को उपाधि जित्ने युवती को हुन् ?
– इभाना मानन्धर

० आठौं संस्करणको इन्डियन प्रिमियर लिग २०१५ को उपाधि कुन टिमले जित्यो ?
– मुम्बई इन्डियन

० कुराकानी प्रिय होस, बनावटी नहोस्, स्वच्छन्द होस तर अश्लील नहोस,विद्वतापूर्ण होस तर दम्भयुक्त अनौठो होस तर असत्य नहोस भन्ने विद्वान को हुन् ?
– विलियम शेक्सपियर

० विश्वको सबैभन्दा लामो ट्रेकिङ रुट द ग्रेट हिमालयन ट्रेल कन देशमा रहेको छ ?
– नेपाल

० विश्वकै सबैभन्दा उचाईमा हुने एभरेष्ट म्याराथुन कहिलेदेखि शुरु भएको हो ?
– सन् २००३

० जलवायु परिवर्तनको असर न्यूनीकरणको बारेमा जनचेतना जगाउने उद्येश्यले जलाधारमा नै जलवायु भेला कहाँ सम्पन्न भयो ?
– सेतीवेणी, वर्तन

० सन् २०१५ अप्रिलमा प्रकाशित विश्वका खुशी मुलुकको सूचीमा पहिलो स्थानमा पर्ने राष्ट्र कुन हो ?
– स्वीट्जरल्यान्ड

० विश्वको सबैभन्दा होचा पुरुष को हुन् ?
– चन्द्रबहादुर डाँगी

० जीएटीटी को सट्टामा जन्मिएको संस्थाको नाम के हो ?
– डब्लुटीओ

० अनुवांशिक सिद्धान्तका पिता भनी कुन वैज्ञानिक चिनिन्छ ?
– ग्रेगर जोन मेण्डल

० कागतीको रसमा कुन एसिड हुन्छ ?
– साईट्रिक एसिड

कमेन्ट गर्नुहोस्

%d bloggers like this: