करणको पुस्तक सार्वजनिक

माघ ४ । निर्माता तथा निर्देशक करण जोहरको बायोपिक पुस्तक ‘अ अनस्विटेबल ब्वाई’ को सोमबार सार्वजनिक भएको छ ।

सोमबार नायक साहरुख खान, निर्मात्री गौरी खान, लेखिका स्वेता वच्चनले पुस्तक सार्वजनिक गरेका छन् । पुस्तक सार्वजनिक कार्यक्रममा नायक सिद्धार्थ मल्होत्रा र नायिका आलिया भट्ट पनि पुगेका थिए ।

यो पुस्तकमा करणको जीवनसँग जोडिएका धेरै कुराहरुको राज खोलिएको छ । ४४ वर्षका करणले कार्यक्रममा भने– ‘मलाई थाहा छैन, म बिहे गर्छु या गर्दिनँ । तर, म सधै नै एक बच्चा चाहन्छु । ममा एउटी आमामा हुनुपर्ने सबै गुण छ ।

याे पनि पढ्नुस  बक्स अफिस रेसमा पछाडि पऱ्यो 'रेस-३', 'संजू'ले गर्दै रेकर्ड कमाइ

म मानिसहरुलाई केयर गर्छु र सबैजना मलाई एउटी आमाको भूमिका राम्रोसँग निर्वाह गर्न सक्छौ भन्छन् ।’ आफूले अहिलेसम्म बच्चा एडप्ट गर्ने वा सेरोगेसीको सहारा लिने भन्ने विषयमा केही पनि नसोचेको उनले बताएका छन् ।

आफूलाई मानिसहरुले भिन्न नजरबाट हेर्ने भन्दै उनले धेरै पटक यही कारणले नराम्रो व्यवहार पनि भोगेको बताएका छन् । करणले कार्यक्रममा भने– ‘मानिसहरु सेलिब्रेटीको बारेमा घटिया कुरा गर्छन् ।

याे पनि पढ्नुस  पद्मावतीको फस्ट लुक सार्वजनिक: ट्विटरमा रणवीर सिंहको अलाउद्दिन खिलजी लुकको प्रशंसाको अाेइरो

मलाई लैङकिताको आधारमा मानिसहरु मुल्यांकन गर्छन् । किनकी, म उनीहरुको लिविङ्ग रुमको टीभीमा देखिन्छु । तब, उनीहरुलाई लाग्छ कि उनीहरुले मलाई किनेका हुन् ।’

कार्यक्रममा बोल्दै नायक साहरुख खानले यो पुस्तकको नाम सही नभएको बताएको छ । उनले करणले मानिसहरुलाई निकै राम्रोसँग बुझ्ने बताएको छ । यसैले यो पुस्तकको नाम ‘दि व्रेभ व्वाई’ राख्नुपर्ने उनको भनाई रहेको छ ।

कमेन्ट गर्नुहोस्