कुकुरले टोक्दा राष्ट्रपतिका छोराको मृत्यु

बान्जुल, एजेन्सी । जाम्बियाका नव निर्वाचित राष्ट्रपति अदामा ब्यारोका आठ वर्षीय छोराको कुकुरले टोकेर मृत्यु भएको छ । हाल सेनेगलमा रहेका ब्यारोले यही बिहिबार शपथ लिने कार्यक्रम छ ।

मिडियामा प्रकाशित समाचार अनुसार, आइतबार साँझ बालकको मृत्यु भएको थियो । ५१ वर्षीय राष्ट्रपतिका पाँच जना सन्तान रहेका छन् ।

कमेन्ट गर्नुहोस्