नयाँ दिल्ली । महिलामाथिको हिंसाका लागि सधैं आलोचनामा रही आएको भारतको राजधानी नयाँ दिल्लीमा प्रहरीलाई ठूलो सफलता प्राप्त भएको छ ।
प्रहरीले विगत १२ वर्षदेखि निरन्तररुपमा महिलामाथि यौनजन्य हिंसा गर्ने एकजना ‘सिरियल रेपिष्ट’लाई पक्राउ गरेको छ ।
पूर्वी दिल्लीको न्यु अशोक नगर इलाकामा स्कुले युवतीहरुलाई निशाना बनाउँदै आएको व्यक्तिलाई दिल्ली प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
भारतीय मिडियाले जनाए अनुसार, पक्राउ परेपछि आरोपीले पछिल्ला १२ वर्षमा ६ सय भन्दा बढी युवतीमाथि बलात्कार गरेको बताएका छन् ।
बलात्कार आरोपी सुनिल रस्तोगीलाई को दिल्लीको एक अदालतले १४ दिनका लागि हिरासतमा राखी अनुसन्धान गर्न आदेश दिएको छ ।
बलात्कारीले किशोरीहरुलाई झुक्याएर बलात्कार गर्ने गरेका थिए । अभिभावकले सामान दिएको छ भन्दै झुक्याउने र बलात्कारको प्रयास गर्ने आरोपलीले स्वीकारेका छन् ।
बाबुआमाले कुनै कपडा वा अन्य सामान पठाएको भन्दै एकान्तमा लिएर जाने र दुव्र्यवहार गर्ने दिल्ली प्रहरीले जनाएको छ ।
आरोपीमाथि रुद्रपुर, दिल्ली र गाजियावादमा यौन अपराध तथा चोरीको कैयन् अन्य मुद्दा समेत दर्ता छन् ।
३८ वर्षीय आरोपीका ३ छोरी र २ छोरा छन् ।