मासिक १ दिनको तलब पार्टीलाई दिनुपर्ने माओवादी केन्द्रको नयाँ नियम

काठमाडौं, माघ ४ । नेकपा माओवादी केन्द्रले पार्टी सदस्यहरुको लेवी शुल्क निर्धारण गरेको छ । हालै पारित भएको संगठनात्मक कार्यविधिमा सदस्यहरुको अवस्था अनुसार लेबी निर्धारण गरिएको हो ।

पार्टी सदस्यहरुको न्यूनतम मासिक लेवी १५ रुपैयाँ कायम गरिएको छ । अन्य पेशागत संगठनका सदस्यहरुलाई भने लेवी शुल्कमा फरक मापदण्ड अपनाइएको छ ।
कर्मचारीहरुले भने पार्टीलाई एक दिनको आधारभूत तलब बराबरको लेवी तिर्नुपर्ने माओवादी केन्द्रले जारी गरेको संगठनात्मक कार्यविधिमा उल्लेख छ ।

याे पनि पढ्नुस  राप्रपाका जिल्ला अध्यक्ष कुर्मीसहित दर्जनौं नेता कार्यकर्ता माओवादी प्रवेश

सार्वजनिक लाभको पदमा रहेका र नियमित आयस्रोत हुनेहरूको हकमा पनि एक दिनको आय बराबरको रकम लेवी दिनुपर्ने बाध्यकारी नियम बनाइएको छ भने राज्यको महत्वपूर्ण ओहदामा रहेका कमरेडहरूको लागि विशेष लेवी केन्द्रले तोकिने जनाइएको छ ।

सदस्यता नविकरणका सन्दर्भमा पार्टी एकता पूर्व नवीकरण भइसकेका सदस्यहरुको जिल्ला र प्रदेशमा अभिलेख राखी स्वीकृतिको लागि केन्द्रमा पठाउनु पर्ने भएको छ । पार्टी एकता र पार्टी प्रवेशमा आएकाहरुको प्रकृया पूरा गरेर नवीकरण गरिने विधि बनाइएको छ ।

याे पनि पढ्नुस  राजपाका नेता एवं पूर्वमन्त्री खुवारीरायसहित सयौं नेता माओवादीमा प्रवेश गर्दै

नवीकरण शुल्क १० रुपैयाँ तोकिएको छ । नविकरण शुल्क पुरै केन्द्रमा पठाउनुपर्ने भएको छ भने लेवी मध्येबाट १० प्रतिशत केन्द्र, २० प्रतिशत प्रदेश, ३० प्रतिशत जिल्ला र ४० प्रतिशत गाँउरनगर, वडामा रहने जनाइएको छ ।

जिल्लास्तरीय निकायहरुको लेवी रकम २० प्रतिशत केन्द्र, २० प्रतिशत प्रदेशमा र ६० प्रतिशत जिल्लामा रहने पार्टीको कार्यविधिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्