बमलाई रिहाइ गर्न प्रधानमन्त्रीको पहल

काठमाडौं, माघ ५। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति एवम् प्रधानमन्त्री मोहमद बिन रसिद अल मोक्तुमबीच भेटवार्ता भएको छ ।

म‌ंगलबार दिउँसो स्वदेश फर्कनु अघि दुवईमा भएको भेटमा प्रधानमन्त्री दाहाल र उपराष्ट्रपति मोक्तुमबीच दुइपक्षीय हित र आपसी सम्बन्धबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

याे पनि पढ्नुस  जलविद्युत, सौर्यको परिचालन गरे दक्षिण एसियाको माग आपूर्ति गर्न नेपाल समक्ष हुन्छः प्रधानमन्त्री प्रचण्ड

भेटमा प्रधानमन्त्रीले साउदीको जेलमा रहेका नेपाली कामदार अमरबहादुर बमलाई आममाफीसहित नेपाल पठाउने व्यवस्था गर्न उपराष्ट्रपति समक्ष विशेष आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको आग्रहपछि उपराष्ट्रपति मोक्तुमले आफूले तत्कालै राजदूतलाई बोलाएर यसबारे प्रक्रिया अगाडि बढाउने जानकारी दिएका थिए ।

भेटमा प्रधानमन्त्रीले भने– “नेपालमा सगरमाथा जस्ता प्राकृतिक उच्च टावर छन्, तपाईहरुले विश्वमै सबैभन्दा उच्च मानव निर्मित टावर बनाएर देखाउनु भएको छ । यो विश्वकै लागि उदाहरणीय छ । दुई ठूला टावरको बीचमा राम्रो कनेक्सन भयो भने दुई देशकै लागि महत्वपूर्ण उपलब्धि हुन सक्छ, यसमा नेपाल युएईसँग सहकार्य गर्न चाहन्छ ।”

याे पनि पढ्नुस  यस्तो छ प्रधानमन्त्री प्रचण्डको युएई भ्रमणको नालीबेली

प्रधानमन्त्रीले जलविद्युत्का क्षेत्रमा लगानी गर्न उपराष्ट्रपति मोक्तुमको ध्यानाकर्षण गराएका थिए । सो  अवसरमा प्रधानमन्त्रीले युएईमा कार्यरत नेपाली कामदारले भोगेका समस्या र युएई सरकारसँग गरेका अपेक्षाबारे उपराष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए ।

कमेन्ट गर्नुहोस्