नाइजेरिया, माघ ५ । नाइजेरियाको सेनाले सय जना भन्दा बढीको ज्यान जाने गरी भएको घटना भूलवश भएको बताएको छ । नाइजेरियाको वायुसेनाले देशको पूर्वोत्तर क्षेत्रमा हमला गरेको थियो ।
अन्तर्राष्ट्रिय राहत संस्था एमएसएफले घटनामा कम्तीमा सय जना मारिएको जनाएको छ । नाइजेरिया र क्यामरुनको सीमा क्षेत्र रानमा यो हमला भएको थियो । यो क्षेत्रमा सेनाले बोकोहरामका उग्रवादी लडाकुविरुद्ध कार्वाही गरिरहेको छ ।
सेनाका प्रवक्ता मेजर जनरल लकी इरोबारले जेट बिमानको पायलटको गल्तीका कारण निदोर्ष जनता मारिएको बताएका छन् । उग्रवादी भेला भएको सूचनाका आधारमा उक्त आक्रमण भएको उनको भनाई छ । राष्ट्रपतिले घटनालाई दुर्भाग्यपूर्ण बताएका छन् ।