एजेन्सी । किनीयामा एक महिला सांसदले महिलाहरुलाई उनीहरुका श्रीमानले मतदान परिचयपत्र पन्जीकरण नगराएसम्म श्रीमानसंग सेक्स नगर्न अनुरोध गरेकी छिन् ।
किनीयामा यही अगस्ट ८ मा मतदान हुँदैछ । मिशी मबोको नाम गरेकी उक्त महिला सांसद मोम्बासाबाट महिला प्रतिनिधि हुन् । उनले यो रणनीतिले विपक्षीलाई हराउन सकिने बताएकी छिन् ।
उनले भनिन्–‘महिलाहरु तपाईहरुले यो रणनीति अपनाउनु पर्छ । तपाइको श्रीमानले मतदान परिचयत्र तपाइलाई नदेखाएसम्म श्रीमानसंग सेक्स नगर्नु नै उत्तम उपाय हुन्छ । ’
किनियामा मतदाता नामावलीमा नाम दर्ता गराउन १७ फेब्रुअरीसम्म मात्र समय छ । मबोकोले मतदान दिन अनिच्छु पुरुषको लागि सेक्स शक्तिशाली हतियार भएको बताएकी छिन् ।
सोमबारदेखि त्यहाँ मतदाता पंजीकरण कार्य सुरु भएको छ । मोबाकोले महिलाहरुमाथि यो रणनीति लगाउँदा नामावली दर्ता गराउने समर्थकको संख्या बढ्ने र विपक्षीलाई हराउन सकिने बताएकी छिन् ।
किनीयाका राष्ट्रपति दोस्रो कार्यकालको लागि चुनावमा भाग लिने भएका छन् । यो रणनीतिले मबोको पार्टीको बिपक्षीलाई कडा प्रतिसपर्धा हुने बताइएको छ ।
किनीयामा सेक्स बहिस्कार गर्ने कुरा सामान्य कुरा हो । सन् २००९ मा पनि महिला कार्यकर्ताले तत्कालिन राष्ट्रपति मवाई किबाकी र प्रधानमन्त्री राइला ओडिंगा र उनको सहयोगीबीचको झगडा अन्त्य गरेर सन्धी गराउनको लागि एक हप्तासम्म सेक्स हड्ताल गरेका थिए ।