रक्सीले मातेको बेला साथीमाथि छुरा प्रहार, दुई घाइते

राजविराज, माघ ५ । सप्तरीको हनुमाननगर योगिनिमाई नगरपालिका–४ स्थित इनरुवामा गएराति छुरा प्रहारबाट एकजना युवक गम्भीर घाइते भएका छन् ।

स्थानीय २५ वर्षीय मनोजकुमार मण्डलले सोही ठाउँ बस्ने बुधन शारदारलाई छुरा प्रहार गरेका हुन् । मादक पदार्थ सेवनबाट मातेका उनले शारदारको पछाडिपट्टिको ढाडमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  सप्तरी डुवानले जनजीवन कष्टकर

छुरा प्रहारबाट गम्भीर घाइते युवकको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

यता छुरा प्रहार गर्ने मण्डललाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मण्डल समेत घाइते भएकाले उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरी जनाएको छ ।

याे पनि पढ्नुस  बहुविवाहको आरोपमा बेहुला बेहुली मण्डपबाटै पक्राउ

कुन कारणले छुरा प्रहार भएको खुल्न नसकेको तथा मादक पदार्थ सेवन गरेर दुवै जनाले एकापसमा छुरा प्रहार गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । रासस

कमेन्ट गर्नुहोस्