उपत्यकामा साना सवारी साधनकाे म्याद चैतसम्म मात्रै

काठमाडौं, माघ ५ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारी साधनलाई क्रमिकरुपमा हटाउने भएको छ ।

काठमाडौँ उपत्यकामा सवारी साधनको अत्यधिक चाप परेपछि धेरै यात्रु ओसार्न सक्ने ठूला सवारी साधन सञ्चालन गरी माइक्रोबस, मिनी माइक्रोलगायत चारपाङ्ग्रे स–साना सवारी साधनलाई विस्थापन गर्ने तयारी गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न केही ट्याक्सी भने सञ्चालन गरिने छ ।

याे पनि पढ्नुस  सार्वजनिक यातायात सञ्चालन गर्दै सरकार

ती सवारी सञ्चालकलाई पनि कुनै न कुनै सुविधा उपलब्ध गराएर आगामी चैतदेखि नै साना साधनलाई हटाउने कार्य सुरु गरिने छ ।

करिब एकवर्षको समय अवधिमा ५० प्रतिशतले सवारी साधन विस्थापित गरिने अनुमान विभागले गरेको छ ।

त्यसैगरी, आगामी फागुनको तेस्रो हप्तादेखि २० वर्ष पुगेका सरकारी तथा निजी सवारी साधनलाई पनि विस्थापित गर्ने गृहकार्य भइरहेको छ ।

याे पनि पढ्नुस  परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

विभागले काठमाडौँ दिगो सहरी यातायात आयोजनाले अध्ययन गरी यातायात सेवा सञ्चालन गर्न त्यसले दिएको सुझाव अनुसार काठमाडौँमा सञ्चालन गरिने ठूला सवारी साधनलाई विस्थापित गर्न लागिएको महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार विभागले यातायात व्यवस्थापनको कार्य गर्नका लागि सवारी तथा यातायात व्यवस्था ऐनका साथै सवारी तथा यातायात व्यवस्था नियमावलीको नीतिगत व्यवस्थालाई आवश्यकता अनुसार संशोधन तथा परिवर्तन गर्नका लागि सरोकार पक्षसँग सुझाव लिने र सरकारलाई सुझाव दिने छ ।

याे पनि पढ्नुस  कलाकारलाई खुशीको खबर, सार्वजनिक यातायातले पनि गीतसंगीतको रोयल्टी तिर्नुपर्ने

उक्त आयोजनाले सडक दुर्घटना न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय प्रचलनअनुरुप ट्राफिक संकेत सार्वजनिक स्थानमा राख्न सुझाव दिएको छ । काठमाडौँ उपत्यकाका करिब ३५ स्थानमा अत्याधुनिक ट्राफिक लाइट राखिने छ ।

त्यसैगरी, उपत्यकाका विभिन्न सार्वजनिक स्थानमा अन्तर्राष्ट्रिय प्रचलन अनुसारका रङ, आकार र नमुना बमोजिमको ट्राफिक संकेत जडान गरिने छ ।

कमेन्ट गर्नुहोस्