लोकसेवाको तयारी गर्नेहरुका लागि यस्ता छन् प्रश्नहरु

० कर्मचारी सञ्चयकोषको स्थापना कहिले भएको हो ? – वि.सं २०१९

० इन्द्रलाई हात्तीजस्तै सूर्यलाई के ? – घोडा

० ‘भित्री मधेश’ लाई के पनि भनिन्छ ? – दून प्रदेश

० चीनसँग सीमाना जोडिएका जिल्लाहरु कतिवटा छन् ?  – १५ वटा (चीनसँगमात्र सिमाना जोडिएका १३ वटा)

० नेपालले दक्षिण एसियाको कति प्रतिशत भूभाग ओगटेको छ ? – २.३८%

० संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको प्रधान कार्यालय कहाँ छ ? – न्यूयोर्क

० दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन अन्तर्गत कतिवटा भूपरिवेष्ठित राष्ट्र छन् ? – ३ वटा (नेपाल ,भुटान अफगानिस्तान)

० विना अक्सिजन १० पटक सगरमाथा सफल आरोहण गर्ने व्यक्ति को हुन् ? – आङरिता शेर्पा

० ‘वनराजा’ उपनामले चिनिने जाति कुन हो ? – राउटे

० उपन्यास ‘साया’ का लेखक को हुन् ?  – सुविन भट्टराई

० नेपालबाट दक्षिणी ध्रुवमा पुग्ने पहिलो व्यक्ति को हुन् ? – रविन्द्र बस्नेत

० हालसम्म नेपालले कति पटक सार्क शिखर सम्मेलन आयोजना गरेको छ ?  – ३ पटक

० साहित्यकार वासुदेव लुइटेललाई के भनेर चिनिन्छ ? – भुतको भिनाजु

० एटम थ्योउरीका आविष्कारक को हुन ? – जोन डाल्टन

० प्रकाश सघन माध्यमबाट बिरल माध्यममा जाँदा आवर्तित कोणको मान ९० डिग्री हुँदाको आपतित कोणलाइ के भनिन्छ ? – चरम कोण

० संयुक्त राष्ट्र संघको महासभामा सबैभन्दा बढी बोल्ने क्युवाका फिडेल क्यास्ट्रो हुन् भने सबैभन्दा कम बोल्ने को हुन् ? – दावा छिरिङ (भुटान)

कमेन्ट गर्नुहोस्

%d bloggers like this: