एउटा देशले चाहेर मात्रै अपराध नियन्त्रण हुँदैन : प्रधानमन्त्री

काठमाडौ, माघ ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै एउटा देशले मात्र चाहेर संगठित अपराध नियन्त्रण हुन नसक्ने बताएका छन् । उनले अपराध नियन्त्रणमा लागि एसियाका सबै देशहरुबीच सामूहिक सहकार्य हुनुपर्नेमा जोड दिए ।

राजधानीमा बुधबारदेखि सुरु हुन गइरहेको अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को २३ औं एसियन रिजनल कन्फरेन्सको उद्‌घाटन गर्दै उनले अपराध नियन्त्रणका लागि एउटा देशले मात्रै सम्भव नरहेको तर उक्त देशको भने महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

याे पनि पढ्नुस  समाजवादको नयाँ मोडल दिन नै सबै वामपन्थी एक भए : प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले भने, ‘कुनै पनि एक देशले मात्र चाहेर संगठित अपराध नियन्त्रण हुँदैन ।  सीमा बाहिर फैलिएको अपराध नियन्त्रण गर्न सामूहिक सहकार्य चाहिन्छ ।’

प्रधानमन्त्री प्रचण्डले कानुन र विधिको पालना गराउनु दक्षिण एसियाको साझा समस्या रहेको बताएका छन् । उनले क्षेत्रीय सहकार्य जरुरी रहेकोमा जोड दिँदै भने, ‘सुरक्षा अवस्थामा नयाँ चुनौती र खतरा बढिरहेका छन् देश बाहिर बसेर सामाजिक सञ्जालमार्फत अफवाह र घृणा फैलाउने काम भइरहेको छ । यो आधुनिक प्रविधिको दुरुपयोग हो ।’

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल

कार्यक्रममा नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालले अपराधको शैली फेरिएको भन्दै यसको नियन्त्रण चुनौतीपूर्ण रहेको बताए । उनले इन्टरपोलले अब त्यस्ता समस्या समाधान गर्न लागिपर्ने बताए ।

तीन दिनसम्म चल्ने सम्मेलनमा ५० भन्दा बढी देशका प्रहरी प्रतिनिधि सहभागी हुनेछन् ।

कमेन्ट गर्नुहोस्