सैनिककाे गलत हवाई अाक्रमणकाे शिकार बने १०० सर्वसाधारण

माघ ५ । नाइजेरियाको उत्तर पूर्वी रान क्षेत्रमा विस्थापितहरु बसेको क्याम्पमा सेनाले गरेको हवाई आक्रमणमा एक सय जना सर्वसाधारणको ज्यान गएको छ ।

गलत सूचनाका आधारमा सेनाले गरेको भूलवश आक्रमणका कारण निर्दाेष नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यम एमएसएफ़ले जनाएको छ ।

याे पनि पढ्नुस  अष्ट्रियाले ३२ वर्षपछि जर्मनीलाई हरायो

क्यामरुनसंग सीमा जोडिएको उक्त क्षेत्रमा गरिएको बम आक्रमणमा दुई सयभन्दा बढी घाईते भएका छन् ।

घाइते हुनेमा सरकार र इस्लामिक लडाकु समुह बोको हरामबीचको संघर्षबाट विस्थापित भएकालाई सघाउन पुगेका दर्जनौं स्वयंसेवक पनि छन् ।

छिमेकी चाड र क्यामरुनले घाइतेको उपचारमा सहयोग गर्ने जनाएका छन् । ठूलो संख्यामा लडाकुहरु भेला भएको सूचनाका आधारमा आक्रमण गर्दा उक्त त्रूटी भएको सेनाले जनाएको छ ।

याे पनि पढ्नुस  नाइजेरियामा ज्वरोका कारण ७२ जनाको मृत्यु

नाइजेरियाली सेनाले इस्लामिक लडाकु समूह बोकोहरामलाई धपाउन त्यस क्षेत्रमा अन्तिम कारवाही गरिरहेको छ । राष्ट्रपति मोहम्मद बुहारीले घटनाप्रति दुःख व्यक्त गर्दै शान्त रहन अपील गरेका छन् ।

कमेन्ट गर्नुहोस्