फलफूल भन्दा बोक्राले गर्छ फाइदा

हामी दैनिक खाने गरेको फलफूलहरुको बोक्राहरु काम नलाग्ने भनी फाल्ने काम गर्छाै । तर, वास्तवमा फलफूलमा भन्दा बढी बोक्राहरुमा पौष्टिक तत्वको मात्रा बढी हुने गर्छ । जसले अनेक रोगहरुलाई निको पार्ने गर्दछ । फलफूलका बोक्राबाट निम्न फाइदाहरु लिन सक्छौं–

सुन्तला

– सुन्तलाको बोक्रामा प्रशस्त पौष्टिक तत्व हुन्छ । सक्नुहुन्छ भने सुन्तलाको बोक्रा म¥याङम¥याङ चपाएर खानुस् । यसले मुटुसम्बन्धी रोग लाग्ने जोखिमलाई कम गरिदिन्छ ।

– सास गनाउने समस्या छ भने सुन्तलाको बोक्रा खानाले राम्रो गर्छ । यसमा पाइने एसिडले मुखमा रहेका ब्याक्टेरिया नाश गर्छ र सास ताजा बन्न पुग्छ ।

– सुन्तलाको बोक्राको चूर्ण बनाई मनतातो पानीसँग पिउने गर्नाले कब्जियतको समस्या हटेर जान्छ ।

अनार

– घाँटी खसखस भएर दिक्क हुनुभएको छ भने अनारको बोक्रा खाँदा सञ्चो हुन्छ ।

– गिजाबाट रगत निस्किने समस्या भएकाका लागि पनि अनारको बोक्रा उपयोगी हुन्छ ।

– अनारको बोक्रामा आइरन प्रशस्त मात्रामा पाइने भएकाले यो खाने गर्नाले रक्तअल्पतालगायत समस्याबाट समेत जोगाउँछ ।

केराको बोक्रा

– केराको मूल फलमा भन्दा यसको बोक्रामा बढी उपयोगी तत्व हुन्छन् । केराको बोक्रामा फाइबर उच्च मात्रामा पाइन्छ, जसले पाचनलगायत शरीरको समग्र प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ।

– केराको बोक्रामा एमिनो एसिड पर्याप्त मात्रामा पाइन्छ, जसले शरीरलाई बलियो राख्ने, रोगप्रतिरोधी क्षमता बढाउनेलगायत काम गर्छ ।

– आँखामा जुनसुकै खालको इन्फेक्सन भएको छ भने केराको बोक्रा खानु फाइदाजनक हुन्छ ।

खरबुजा

– शरीरको वजन नघटेर वाक्क–दिक्क हुनुभएको छ भने खरबुजाको बोक्रा खाने गर्नुस् । यसले वजन घटाउन सहयोग गर्छ ।

– खरबुजाको बोक्रा यत्तिकै खान नसकिने भएकाले स–साना टुक्रा पारी खाने गर्नुस् । यसो गर्दा पनि खान अप्ठेरो भयो भने नुन–खुर्सानीमा चोपेर खाने गर्नुस् ।

काँक्रो

– काँक्रोको बाहिरी भागमा भिटामिन ए र के प्रचुर मात्रामा पाइन्छन् । त्यही भएर बोक्रा नताछीकन काँक्रो खाने गर्नुपर्छ ।

– शरीरको वजन घटाउन काँक्रोको बोक्रा खानु बडो उपयोगी हुन्छ ।

– काँक्रोको बोक्रा खाने गर्नाले हड्डी बलियो बन्छ ।

स्याउ

– स्याउमा पाइने पोषक तत्वमध्ये अधिकांश बोक्रामा थुप्रिएका हुन्छन्। त्यही भएर बोक्रा ताछेर स्याउ खाने मूर्खता गर्नुहुँदैन ।

– स्याउको बोक्रामा फ्लेभोन्वाइड नामक तत्व पाइन्छ, जसले रोगप्रतिरोधी क्षमता बढाउँछ ।

– स्याउको बोक्रामा क्यान्सरबाट बचाउने तत्व पनि पाइन्छ ।

कागती

– कागतीको बोक्रा खाने गर्नाले रोग प्रतिरोधी क्षमता चाँडै वृद्धि हुन्छ ।

– कागतीको बोक्रामा क्यान्सरबाट जोगाउने तत्व पनि पाइन्छ ।

– कागतीको बोक्रामा एन्टी–अक्सिडेन्ट पाइन्छ, जुन अनुहारका लागि ज्यादै उपयोगी हुन्छ ।

– कागतीको बोक्रा त्यसै खान सकिँदैन भने चूर्ण बनाएर खान सकिन्छ

कमेन्ट गर्नुहोस्