प्रचण्ड सरकारमा दुई मन्त्री थपिने, खड्का र सिंहको सपथ भोली

काठमाडौं, माघ ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा दुई नयाँ मन्त्री थपिने भएका छन् ।

भविष्यका लागि उर्जासम्बन्धी विश्व सम्मेलनबाट मंगलबार फर्केपछि प्रचण्डले सरकार बिस्तारको तयारी गरेका हुन ।

प्रधानमन्त्री कार्यालय श्रोतले दिएको जानकारी अनुसार, प्रचण्ड सरकारमा समाजवादी जनता पार्टीका सांसद प्रेम बहादुर सिंह र अखण्ड नेपाल पार्टीका कुमार खडका मन्त्री बन्ने भएका हुन ।

खडका र सिंहले भोली शपथ ग्रहण गर्ने छन् ।

सिंह यसअघि पनि मन्त्री खानेपानी तथा सरसफाई मन्त्री बनेका थिए ।

कमेन्ट गर्नुहोस्