ओलीलाई राष्ट्रबादी देख्नेहरुलाई दश प्रश्न

केदारनाथ नेपाल “निश्चल” .

१. गणतन्त्र स्थापनाको निम्ती जनताहरुले  आफ्नो ज्यानको बाजि लगाएर तातो गोलि छातिमा थाप्दै राजतन्त्रको अन्त्य, गणतन्त्र को स्थापनाको लागि लडिरहदा नेपालमा गणतन्त्र स्थापना बयलगाडामा चढेर अमेरिका जानु जस्तै हो भन्ने ओली कसरी राष्ट«बादी भए ?

२. इतिहास को सबैभन्दा ठुलो राष्ट्रघात महाकाली शन्धि पास गराउन जिउ ज्यान फालेर लाग्ने ओली अहिले आएर कसरी राष्टबादी भए ?

याे पनि पढ्नुस  भावी प्रधानमन्त्री केपी ओलीको सुरक्षा बढाइयो

३. कुनै समय, राष्टियताको ओन्दोलनलाई हावाको बेलुनको संङ्घ्या दिने ओली अहिले कसरी राष्ट्रवादी भए ?

४. जाजरकोट का जनताले जिवनजल खान नपाएर छट्पटिरहदा आफु हेलिकप्टर चार्टर गरेर बिदेशमा गएर उपचार गर्ने ओली कसरी राष्टबादी ?

५. भुकम्पपिडित जनताले भोकभोकै रात काटिरहदा भुकम्पपिडित जनताको लागि राहतमा आएको खाद्यान्न कुहाएर खाल्डोमा पुर्ने ओलि कसरी राष्ट्रबादी ?

याे पनि पढ्नुस  ओलीलाई सिरहा र सप्तरी छिर्न प्रतिबन्ध, मोर्चाले निकाल्यो लाठी जुलुस

६. भेषभुषा, भाषा, संस्कार र बर्ण भारतीय संग मिल्छ भन्दैमा मधेशी दाजुभाई हरुलाई बिहारी देख्ने ओली कसरी राष्ट्रवादी भए ?

७. मधेशी जनजाति महिला मुस्लिम र पिछडिएका बर्गलाई सम्मानजनक हिसाबले राज्यका हरेक निकायमा अवसर दिईनुपर्छ भन्दा त्यसको बिरोध गर्ने ओलि कसरी राष्ट्रवादी भए ?

८. कर्णाली भोकमरीमै पिल्छिरहदा बिकासका नाममा काठमाण्डौ लाई मात्र केन्द्रमा राखेर बिकासको खाका ल्याउने ओलि कसरी राष्ट्रवादी भए ?

याे पनि पढ्नुस  ओलीको राष्ट्रियता र सिके राउतको आन्दोलन उस्तै–उस्तै: बालकृष्ण खाँण

९. सत्तामा जान जस्तो सुकै सहमति गर्ने अनि सत्ता हत्याईसकेपछी गरेका सहमति कार्यान्वयन नगर्ने ओली कसरी राष्ट्रबादी भए ?

१०.मधेसका समस्यालाई लिएर मधेशी हरुले राज्यसँग अधिकार माग्दा उनिहरुलाई बिखण्डनकारीको बिल्ला भिराउने ओली कसरी राष्ट्रबादी भए ?

यो लेखकको निजी बिचार हो ।

 

 

कमेन्ट गर्नुहोस्