अदालतका लागि ८० न्यायधीशले लिए शपथ

काठमाडौं, माघ ५ । हालै नियुक्त गरिएका ८० जना न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ ।

गत पुस २८ गते न्यायपरिषद्ले गरेको सिफारिसबमोजिम सातओटा उच्च अदालतहरुमा नियुक्त गरिएको उनीहरुले बुधबार पद तथा गोपनीयताको शपतग्रहण गरेका हुन् ।

सर्वाेच्च अदालतमा आयोजित एक समारोहबीच प्रधानन्यायाधीश सुशीला कार्कीको उपस्थितिमा सम्बन्धित अदालतका मुख्य न्यायाधीशले उनीहरुलाई शपथ गराएका हुन् ।

विराटनगर, जनकपुर, पाटन, पोखरा, तुलसीपुर, सुर्खेत र दीपायल उच्च अदालतका लागि उनीहरुलाई नियुक्त गरिएको हो ।

न्यायपरिषद्का सदस्यहरुबीच नै विवाद उत्पन्न भएको अवस्थामा न्यायाधीश नियुक्ति गरिएपछि नेपाल बार एसोसिएसन तथा सरकारी वकिलहरुले तीव्र असन्तुष्टि राख्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: