जनयुद्ध कुनै आतङ्ककारी गतिविधि थिएन : प्रचण्ड

काठमाडौं, माघ ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वको जनयुद्ध कुनै आतंककारी गतिविधि नभएको स्पष्ट पारेका छन् ।

बुधबार न्यूयोर्क यूनिभर्सिटीको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले जनयुद्ध राजनीतिक उद्धेश्यद्वारा प्रेरित भएको स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘माओवादीको नेतृत्व चलेको जनयुद्ध कुनै आतङ्ककारी गतिविधि थिएन । यो निश्चित राजनीतिक र दार्शनिक मान्यता बोकेर अघि सारिएको राजनीतिक सङ्घर्ष थियो । राज्यसत्ताको मूल प्रवाहबाट बिमूख रहेका वर्ग, जाति, लिङ्ग, समुदायको अधिकार, राष्ट्रको स्वाभिमान र प्रगतिका लागि गरिएको राजनीतिक लडाई थियो । राजनीतिक उद्धेश्यद्वारा प्रेरित हुदैनथ्यो भने हामी आफैले पहल लिएर शान्ति प्रक्रियाको आरम्भ हुने थिएन । लोकतान्त्रिक सङ्क्रमण र राजनीतिक अग्रगमनको परिस्थिति निर्माण हुने थिएन ।’

याे पनि पढ्नुस  कुनै पनि हालतमा मूल्यवृद्धि नगर्न प्रधानमन्त्रीको आयल निगमलाई निर्देशन

नेपालको शान्ति र संविधान निर्माण प्रक्रिया विश्व समुदायकै लागि मौलिक र शिक्षाप्रद रहेको बताउदै प्रधानमन्त्री प्रचण्डले भने, ‘विश्वमा युद्ध र शान्तिका थुप्रै उदाहरणहरु छन् । थोरै देशमा मात्रै शान्ति प्रक्रिया सफलतामा पुगेका छन् । तर, नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया आफैमा मौलिक छ, विश्व समुदायका लागि शिक्षाप्रद छ । हाम्रो शान्ति प्रक्रियाले युद्धरत देशहरुले राजनीतिक सम्वाद र सहकार्यका माध्यमबाट कुनै पनि समस्याको समाधान खोज्न सकिन्छ भन्ने सन्देश दिएको छ ।’

याे पनि पढ्नुस  अध्यक्ष प्रचण्डको जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै निवेदन

नेपालको जस्तो शान्ति प्रक्रिया विकसित मुलूकमा भएको भए त्यसले थप महत्व पाउने उल्लेख गर्दै प्रधानमन्त्रीले प्रचण्डले भने, ‘तर शान्ति प्रक्रिया नेपालजस्तो विकासशील मुलूकमा सफल भयो । कतिपय देश र समुदायले यसलाई खासै महत्व दिएको देखिँदैन । नेपालको जस्तो शान्ति र संविधान निर्माण्णको प्रक्रिया मौलिक ढंगले युरोप वा अमेरिकी देशमा सम्पन्न भएको भए त्यसले विश्व स्तरमै छुट्टै महत्व पाउथ्यो । त्यसलाई विश्वमा शान्ति स्थापनाको युगान्तकारी र मौलिक कदम ठानिन्थ्यो ।’

कमेन्ट गर्नुहोस्