देशव्यापी लक्ष्यसहित प्रिपेडमा पनि फोरजी चल्ने

काठमाडौँ, माघ ५ । नेपाल टेलिकमले यही माघ २२ गतेदेखि जिएसएम प्रिपेड मोबाइलमा पनि चौथो पुस्ता अर्थात फोरजी सेवा संचालन गर्ने भएको छ ।

हालसम्म पोष्पेडमा मात्रै फोरजी संचालन गरेको टेलिकमले यहि माघ २२ बाट प्रिपेड मोबाइलमा वनि यो सेवा विस्तार गर्ने जनाएको छ ।

पुस १७ देखि शुरु गरिएको फोर–जी सेवा करिब १५ दिनमै ४१ हजार सेवाग्राहीले लिइसकेको र सेवा लोकप्रिय बन्दै गएको बताइएको छ। कम्पनीले यसका लागि काठमाडौंका ३ सय ८ र पोखराका ७९ ओटा बिटिएस टावरहरुको स्तरोन्नती गरेको थियो ।

३९ करोडको लगानीमा काठमाडौं उपत्यका र पोखरामा फोरजी सेवा सुचारु गरेको थियो । त्यस्तै टेलिकमलाई व्यवस्थापिका संसदको विकास समितिले ८ महिनाभित्र देशैभर फोरजी पुर्‍याऊन निर्देशन दिएको छ ।

कमेन्ट गर्नुहोस्