जलविद्युतमा अाम जनताबाट हालसम्म सवा २ अरब लगानीको प्रतिबद्धता

काठमाडौं, सरकारले उर्जा क्षेत्रमा जनताको लगानी अभियान सञ्चालन गरेपछि लगानीका लागि प्रतिबद्धता जनाउने संख्या बढ्दै गएको छ । “नेपालको पानी, जनताको लगानी” कार्यक्रम अन्तर्गत हालसम्म २ अरब ३४ करोड ३० लाख ६४ हजार ६ सय ३८ रुपैयाँ लगानीको प्रतिबद्धता भएको छ ।
उर्जा मन्त्रालयले दिएको जानकारी अनुसार, हालसम्म २६ वटा लगानी कम्पनीले जलविद्युत क्षेत्रमा लगानीका लागि आवेदन गरेका छन् । यसमध्ये २ अरब ३४ करोड प्रतिबद्धता र ८ करोड ५६ लाख ७५ हजार लगानी भएको छ ।

याे पनि पढ्नुस  नेपाल, भारत र बङ्लादेशमा पानीको अवस्था बुझ्न भ्रमण टोली

स्वदेश र विदेशमा रहेका नेपालीहरुले नेपाली जलविद्युत क्षेत्रमा लगानी गर्न सरकारले विशेष अभियान सञ्चालन गरेपछि जलविद्युत क्षेत्रमा यति ठूलो लगानीको प्रतिबद्धता देखिएको हो । उर्जा मन्त्रालयका अनुसार, सर्वसाधारणले आफ्नो कमाईको अधिकांश हिस्सा नेपालको जलविद्युतमा लगानी गर्न खोजेका छन् । यो लगानीले विदेशी लगानीको साटो नेपालीहरुकै मेहनत र पसीनाबाट ठूला आयोजनाहरु समेत सम्पन्न गर्न सकिने आश देखाएको उर्जामन्त्रीका स्वकीय सचिव बसन्त शर्माले बताए ।

याे पनि पढ्नुस  जलविद्युतमा लगानी खोज्न उर्जामन्त्री दक्षिण कोरिया जाँदै

लगानी खोज्न विदेश जान नपर्ने, नेपाली जनताले नै आफ्नो सीमित बचतबाट समेत उर्जा क्षेत्रमा लगानी गर्दा राष्ट्रिय योजनाहरु निर्माण हुन सक्ने र त्यसबाट नेपाली जनता नै लाभान्वित हुने अवस्था देखिएको शर्माले जनाए ।

हालसम्मको तथ्यांक यस प्रकार छ ।

हालसम्मको कूल व्यक्तिगत आवेदक संख्या :  23524

याे पनि पढ्नुस  माननीय उर्जामन्त्री महेन्द्रबहादुर शाहीले ८३ दिनमा गरेका महत्वपुर्ण कामहरु

हालसम्मको कुल व्यक्तिगत लगानी रकम : 2,257,389,637.00 रुपैंया

हालसम्मको कुल कम्पनी संख्या : 26

हालसम्मको कुल कम्पनी लगानी रकम  : 85,675,001.00 रुपैंया

हालसम्मको कुल लगानी प्रतिवद्धता रकम  : 2,343,064,638.00 रुपैंया ( 2 अर्ब 34 करोड 30 लाख 64 हजार 6 सय 38 रुपैंया)

कमेन्ट गर्नुहोस्