प्रचण्डमाथि निशानाः छुद्रताको पनि सीमा हुन्छ नि साथी ?

यो तुच्छ संस्कृतिको निशानामा अहिले प्रचण्ड छन् । भोली यही संस्कृति विकास भयो भने यसको निशानामा ओली, देउबादेखि जो पनि पर्न सक्छन् ।

भारतमा प्रधानमन्त्री नरेन्द मोदीका नीतिहरुका कारण किसानहरुले सामूहिक आत्महत्या गरेपछि सरकार सदन र जनतामाझ निकै आलोचित बन्यो । मोदी सरकारका कतिपय अन्य कामहरु समेत आलोचित भए । तर यो विषय ओझेलमा पर्यो । ठीक त्यही बेला ‘सर्जिकल स्ट्राइक’को तथाकथित राष्ट्रवादी प्रचार मोदी सरकारले गर्न पुग्यो । ठीक यही कुरा केही वर्ष अघि विशेष आर्थिक क्षेत्रको बिरोध गरिरहेका ३५ जना भन्दा बढी किसानहरु बंगालको नन्दीग्राममा मारिँदा तत्कालिन मनमोहन सिंहको सरकारका पालामा भएको थियो । उता नन्दीग्राममा किसान मारिएका थिए र यता सरकारले जनताको ध्यान मोड्न पाकिस्तानविरुद्धको मनोविज्ञानको तथाकथित प्रचार अघि सारेको थियो ।

सत्ताको राजनीतिक बेइमानीको घेराभित्र यस्ता बितण्डा र छूद्रतापूर्ण घटनाहरु आम नै हुन । अधिकांश सत्ताले जनतामा देखिने आक्रोश र विद्रोही चेतलाई दबाउन, त्यसबाट ध्यान अन्यत्र मोड्न यस्ता ‘फण्डा’हरु गरि नै रहन्छन् ।

तर नेपालमा भने अहिले ठीक उल्टो भइरहेको छ । सरकारले अग्रगमनको कुरा गर्दा, सरकारले जनपक्षिय कामहरुको कुरा गर्दा, सरकारले दशकौंको आन्दोलनबाट प्राप्त उपलब्धिहरु संरक्षण गर्ने कुरा गर्दा, युगौंदेखिको सामन्ती राज्यसत्ताका अवशेषहरुलाई “मात्रात्मक नै भएपनि” हल गर्न खोज्दा त्यसको बिरोधमा या त्यसले प्राप्त गर्ने लोकप्रियताबाट ध्यान मोड्न यस्ता कुतर्क, बेइमानी र छूद्रता गरिन थालेका छन् । यसको पछिल्लो उदाहरण प्रधानमन्त्री प्रचण्डको युइएको भ्रमण हो ।

प्रतिपक्षले सत्ताले जनविरोधी काम गरे त्यसको प्रतिरोध गर्छ । संसदीय व्यवस्थामा यो प्रतिपक्षको भूमिका र चरित्र हो । तर ‘हरेक कुराको अपवाद नेपाल’ भनेझैं यहाँ प्रतिपक्षले अग्रगमनको बिरोध गर्छ, यथास्थितिको पक्षपोषण गर्छ । आन्दोलनका उपलब्धिको रक्षाका लागि, समृद्धि र विकासका लागि चालेका कदमको बिरोध गर्छ । बिडम्बनाको कुरा, यो बिरोधको कुनै राजनीतिक चरित्र हुँदैन बरु यो आलोचनाको निकै तल्लो छूद्र स्तरमा प्रकट हुन पुग्छ ।

यो पूर्वाग्रहले प्रचण्डले जे गरेपनि आलोचना गर्छ । प्रचण्डका हरेक कामको निषेध गर्छ । यो पूर्वाग्रह र आलोचनाको छूद्र संस्कृतिले प्रचण्डको अस्तित्व स्वीकार्न चाहन्न ।

लेनिनले भनेका थिए– बिरोधीसँग सिद्धान्त, तर्क र एजेण्डा सकिएपछि उसले गालीको सहारा लिन्छ । यहाँ प्रतिपक्षले यही गाली र छूद्रताको सहारा लिएको छ । यसले गर्दा प्रतिपक्ष पुरै प्रतिक्रियावादी र यथास्थितिको पक्षपोषण गर्नेहरुको कित्तामा पुग्छ । प्रतिपक्षका लागि हिजोका राजतन्त्रवादी ‘देशको माया गर्ने’ बन्न पुग्छन् । त्यही राजतन्त्रले थिच्दै आएका र अधिकारका लागि चिच्याउने जनता देशविरोधी बन्न पुग्छन् । यो अहिलेको यथार्थ हो ।

प्रतिपक्षको यो मनोविज्ञानले आलोचनाको एउटा डरलाग्दो संस्कृति र मानसिकताको विकास गरेको छ । र, यो संस्कृतिको निशानामा परेका छन प्रधानमन्त्री प्रचण्ड । यो पूर्वाग्रहले प्रचण्डले जे गरेपनि आलोचना गर्छ । प्रचण्डका हरेक कामको निषेध गर्छ । यो पूर्वाग्रह र आलोचनाको छूद्र संस्कृतिले प्रचण्डको अस्तित्व स्वीकार्न चाहन्न । प्रचण्डको अस्तित्व बलियो आकारमा प्रकट हुनेबित्तिकै यो मानसिकता छटपटिन्छ र यसले कुतर्क र कुप्रचारको सहारा लिन्छ । प्रचण्ड प्रधानमन्त्री बनेपछि उनले गरेका कामहरु त्यसमाथि देखिएका सतही आलोचनाहरुले यो कुराको पुष्टि गरेका छन ।

भविष्यमा उर्जासम्बन्धी विश्व सम्मेलनका क्रममा प्रचण्डले नेपालको उर्जा क्षेत्रको दीर्घकालिन विकासका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष महत्वपूर्ण अपील गरे । उनले नेपालमा उर्जा विकासको प्रचूर सम्भावना रहेको र यसले दक्षिण एशियाको उर्जामागलाई नै पुरा गर्न सक्ने भएकोले लगानीका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको धारणा राखे । साथै उनले जैविक उर्जालाई क मगर्दै वैकल्पिक उर्जाका माध्यमबाट उर्जा अर्थ राजनीतिको ढाँचालाई नै परिवर्तन गर्न सकिने समेत कुरा गरे । सम्मेलनका क्रममा संयुक्त अरब इमिरेट्सका उच्च पदस्थ पदाधिकारीसँग छलफल भयो । द्विपक्षिय सम्बन्ध बिस्तार र ठूलो संख्यामा युएईमा रहेका नेपालीहरुको हक र हितका बारेमा कुरा भयो । यसअर्थमा यो भ्रमण निकै महत्वपूर्ण र दीर्घकालिन महत्वको थियो ।

तर आलोचना गर्नेहरुका लागि यो पाच्य हुने विषय थिएन । प्रचण्डले खाडी मुलुकमा रगत र पसीना बगाइरहेका नेपालीहरुसँग भेटेर उनीहरुका समस्या सुन्नु, ती समस्याहरुलाई खाडी राज्यका प्रमुखहरुसँग गम्भीरताका साथ उठाउनु, लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि अनुरोध गर्नु आलोचनाको मानसिकता पालेकाहरुका लागि सहज थिएन । त्यसैले उनीहरुले प्रचण्डलाई बद्नाम गर्ने जुक्ति सोचे । छूद्रताको नीच सीमासम्म गए उनीहरु । एजेण्डा, मुद्दा, तर्क र सिद्धान्तको बलमा भ्रमणको आलोचना गर्न नसकेपछि उनीहरुले अत्यन्तै घटिया स्तरमा ओर्लेर एउटा भिडियोको क्लिपको स्क्रिनसट (भिडियो चलिरहेको बेला रोकेर त्यो दृश्यको तस्वीर लिने) सार्वजनिक गर्ने काम गरे ।

एउटा औपचारिक कार्यक्रममा प्रचण्डलाई युएइका एकजना प्रमुखले ‘यता पाल्नुहोस्’ भन्ने मुद्रामा आग्रह गरेपछि प्रचण्डले टाङ फट्टाएर पाइला चाल्दाखेरिको भिडियो दृश्यको तस्वीरलाई “अन्तर्राष्ट्रिय कार्यक्रममा रक्सीले टुन्न प्रचण्ड” भन्दै उनीहरुले प्रचार गरे । सार्वजनिक गरिएको उक्त तस्वीर र वास्तविक भिडियो हेर्दा यो छूद्रताको नीचता स्पष्ट देखिन्छ ।

यो पहिलोपटक भएको होइन । माथि भनिएझैं प्रचण्ड सरकारको नेतृत्वमा गएदेखि नै उनका विरुद्ध लगातार आक्रमण हुँदै आएको छ । तर्क र एजेण्डाका आधारमा गरिने आलोचना स्वभाविक हो । आलोचना हुनुपर्छ । सत्ता र सरकारलाई अन्ध समर्थन गरिनु हुन्न । तर कुतर्क गर्नु कुनै पनि अर्थमा राजनीतिक हुँदैन । प्रचण्ड सरकारले गरेका काम गलत छन् भने तर्क र तथ्यका आधारमा तिनको खण्डन आवश्यक भएपनि यहाँ राम्रा र लोकप्रिय कामहरुबाट अत्तालिएकाहरुले गालीको सहारा लिन खोजेका छन् ।

ब्रिक्स र बिमिस्टिेक सम्मेलनमा प्रचण्डले चीन र भारतका राष्ट्रप्रमुखहरुसँग औपचारिक र अनौपचारिक, एकल तथा संयुक्तरुपमा भेट गर्ने अवसर प्राप्त गरे । नेपालको दीर्घकालिन विकास र समृद्धिका लागि दुबै राष्ट्र प्रमुखसँग संयुक्तरुपमा भेट्नु नेपालका लागि दूरगामी महत्वको विषय हुन सक्थ्यो । अनौपचारिक भेट झनै महत्वपूर्ण मानिन्छ अन्तर्राष्ट्रिय सम्बन्धमा । तर यो भेटबाट आलोचकहरु अत्तालिए । यो भेटले प्रचण्डको छवि र उनीविरुद्ध चलाइएका कुतर्ककहरुको खण्डन गरेको थियो । चीनले प्रचण्ड सरकारलाई समर्थन नगरेको भन्ने कुप्रचारलाई यसले खारेज गरेको थियो । यो भेटको कुनै तार्किक बिरोध गर्न नसकेपछि आलोचकहरुले त्यतिखेर पनि प्रचण्डकी श्रीमती सीता दाहाललाई निशानामा पारे । राजनीतिक इमान्दारिता र संहितामा बाँच्ने देशमा भए “फस्ट लेडी” भनेर सम्मान पाउँथिन होला सीता दाहालले, तर नेपालमा उनको चरित्रमाथि समेत प्रश्न उठाउँदै नरेन्द्र मोदीको छेउमा उभिएर तस्वीर लिएको सम्म प्रचार गरियो । यो यही गालीको सहारा लिनु थियो । यो प्रचण्डप्रतिको सोझो पूर्वाग्रह मात्रै थियो ।

राजधानी लोडसेडिङमुक्त हुनु र नयाँ वर्षदेखि नेपाल नै लोडसेडिङमुक्त हुनु सामान्य कुरा थियो र ? के हामीले यो सोचेका थियौं र नेपालमा यस्तो पनि होला भनेर ? आलोचना त बरु जनताको आर्थिक क्षमता कमजोर भएकोले बिजुलीमा गरीबलाई सब्सिडी देउ, गरीबले कम यूनिट मूल्य तिर्नुपर्ने गर भन्नुपर्ने होइन र ?

प्रचण्ड नेतृत्वको सरकारले सबै काम सही गरेको छ भन्ने होइन । हरेक अपेक्षा पुरा गरेको छ भन्ने होइन । उनका सबै मन्त्री उर्जाशील छन् भन्ने पनि होइन । तर इतिहासको कठिन मोडमा बनेको सरकारले देशलाई समृद्धितर्फ लैजान र संविधान कार्यान्वयनका लागि भूमिका खेलेको कुरा त सत्य हो । यो कुरा त अकाट्य हो । सरकारले गति लिन सकेको छैन अझै पनि, एक्ला प्रचण्ड र केही मन्त्रीहरुको बलमा यो यात्रा अघि बढेको अर्को सत्य हो । तर जस्तो अवस्था भएपनि एकातिर संविधान कार्यान्वयन हुने हो कि होइन भन्ने अवस्था र अर्कोतर्फ जनजीविका र समृद्धिको अपेक्षको चुनौतीका बीच सरकार बनेको हो । त्यो पनि गठबन्धन सरकार । यो धरातलीय यथार्थमा समेत सरकारले कैयन आशलाग्दा काम नगरेको होइन । केही उपलब्धिमूलक र दीर्घकालिन तथा दूरगामी महत्वका काम यो बीचमा नभएका होइनन । तर यी सबै काम, उपलब्धिलाई प्रचण्ड फोबियाको मानसिकताले गाली र कुप्रचारको भरमा आलोचना गर्न खोजिएको छ । जुन आलोचनाका नीच संस्कृति मात्रै हो ।

राजधानी लोडसेडिङमुक्त हुनु र नयाँ वर्षदेखि नेपाल नै लोडसेडिङमुक्त हुनु सामान्य कुरा थियो र ? के हामीले यो सोचेका थियौं र नेपालमा यस्तो पनि होला भनेर ? आलोचना त बरु जनताको आर्थिक क्षमता कमजोर भएकोले बिजुलीमा गरीबलाई सब्सिडी देउ, गरीबले कम यूनिट मूल्य तिर्नुपर्ने गर भन्नुपर्ने होइन र ? यातायातका क्षेत्रमा सिण्डिकेट तोडेर सरकारले लाइसेन्स लिनेदेखि सेवा प्रवाहलाई नै सुचारु पार्ने काम के गलत थियो र ? बरु हामीले राजधानी र राजधानीबाहिरको यातायातमा अझै यो यो सुधार आवश्यक छ भन्नुपर्ने होइन र ? विदेशमा रहेका नेपालीमा केह ीआस पलाएको छ । सरकारले उनीहरुको हकहितको रक्षाका लागि पहल गर्दै आएको छ ।

यो तुच्छ संस्कृतिको निशानामा अहिले प्रचण्ड छन् भोली यही संस्कृति विकास भयो भने यसको निशानामा केपी ओली, देउबादेखि जो पनि पर्न सक्छन् ।

के यो गलत काम हो र ? बरु हामीले त मेनपावरहरुको सञ्चालनलगायतका क्षेत्रमा ठगिने क्रम अन्त्य गर्न प्रभावकारी कदम चाल्न सरकारलाई थप उत्प्रेरित गर्नुपर्ने होइन र ? कर्मचारी सुशासनको क्षेत्रमा कर्मचारीतन्त्रलाई उर्जाशील र गतिशील बन्न बारम्बार निर्देशन दिइएका छन् । हामीले यसको स्वागत गर्दै आम जनतामा सत्ताको अनुभूति दिलाउन कर्मचारी प्रशासनलाई नै पुनसंरचित गर्न माग गर्नुपर्ने होइन र ? विकास आयोजनाको काम छिटो सम्पन्नगर्न दिइएको निर्देशन, हुलाकी राजमार्ग नेपालले नै बनाउने निर्णय, कर्णालीलाई चीनसँगजोड्ने निर्णय, बिभिन्न जलविद्युत योजनाहरु समयमा नै सम्पन्न पार्ने निर्णय, मूल्यवृद्धिलाई सरकारी नियन्त्रणमा ल्याएर बजारलाई अराजक हुनबाट रोक्ने निर्णयलगायतका कैयन यस्ता कामहरु त सकारात्म होलान नि ? बिरोधका लागि जे को पनि बिरोध गर्ने कि सरकारले गरेका सकारात्मक कामको समर्थन गर्दै सत्तालाई थप उत्तरदायी बनाउन तार्किक आलोचना गर्ने ?

नेपालमा एउटा फोयिबा छ प्रचण्ड विरुद्ध । त्यसैले उनी बारम्बार निशानामा परिरहन्छन् । अहिले सरकारको नेतृत्व गरेपछि यो पूर्वाग्रह झनै चुलिएको छ । उनले जे गरेपनि त्यो आलोचनात्मक भएको छ । यो आलोचनामा कुनै तथ्य हुँदैन । कसरी हुन्छ प्रचण्डको मानमर्दन गर्नेतर्फ मात्रै ध्यान गएको छ । यो गलत संस्कृति हो । यो तुच्छ संस्कृतिको निशानामा अहिले प्रचण्ड छन् भोली यही संस्कृति विकास भयो भने यसको निशानामा केपी ओली, देउबादेखि जो पनि पर्न सक्छन् ।

आवश्यकता स्वस्थ्य आलोचनात्मक संस्कृतिको विकास गर्नु हो । आलोचना नभई गतिशीलता हुन्न । आलोचना आवश्यक हुन्छ । तर यो आलोचना तार्किक र तथ्यमा आधारित हुनुपर्छ । यसले समाजको अग्रगमनलाई केन्द्रमा राखेको हुनुपर्छ । मनोरोगीको जस्तो पूर्वाग्रही भएर पश्चगमन र यथास्थितिलाई नै टेवा पुर्याउने आलोचनाले नेपाल र नेपालीलाई एउटा भयंकर दुर्घटनातर्फ मात्रै लैजान्छ । यसले यदुवंशीहरुले एक अर्कालाई समाप्त गरेर यदुवंशको अस्तित्व नै नामेट पारेको इतिहासतर्फ मात्रै डोर्याउँछ । सबैलाई हेक्का भए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: