एक घण्टाभित्र इटालीमा तीनवटा भूकम्प

रोम, माघ ५ । इटालीको मध्यभागमा एक घण्टाभित्र तीनवटा शक्तिशाली भूकम्पको कम्पन गएको छ । गत अगस्तमा विनाशकारी भूकम्पको असर अहिलेसम्म झेलिरहेको इटालीमा फेरी लगातार भूकम्प आएपछि आमजनता त्रसित बनेको मिडियाले जनाएका छन् ।

आज आएको भूकम्पको तीब्रता ५.४ रेक्टर स्केल रहेको जनाइएको छ । भूकम्पको कम्पन राजधानी रोममा समेत अनुभूति गरिएको थियो ।
गत अक्टुबरमा इटालीमा आएको भूकम्पबाट हजारौं घरहरु ध्वस्त भएको थिए ।
लगातार तीनवटा भूकम्प आएपछि सरकारले स्कूल र मेट्रोलाई खाली गराएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: