मोदी जी साँच्चै बहुलाएछनः केजरीवाल

एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मादीलाई पागलको संज्ञा दिएका छन् । उनले सामाजिक सञ्जााल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री मोदी साँच्चै नै पागल भएको बताएका छन् ।

मोदीले आम आदमी पार्टीका नेताहरुको विरुद्धमा सीबीआईको जाँच गराउने प्रक्रिया थालेदेखि केजरीवालले उनीमाथि हमला गर्दै एकपछि अर्को ट्वीटमा पागलको संज्ञा दिएका हुन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्री मोदी र हसिना काठमाडौँमा (फोटोफिचर)

उनले लेखेका छन्–‘ वाह मोदी जी, घुस तिमीहरु खाने अनि मुद्धा चाँही हामीमाथि लगाउने?  जो चोर उसकै ठुलो स्वर ।’’

दिल्लीको उप–मुख्यमन्त्री मनीष सिसोदियाको विरुद्ध सीबीआईले प्राथमिक जाँच सुरु गरेपछि केजरीवाल मोदीमाथि खनिएका हुन् ।

उनले अर्को ट्वीटमा लेखेका छन–‘यस्तो लागिरहेछ की मोदी जी एकदम बहुलाएका छन्, देशको प्रधानमन्त्रीको एउटा मात्रै काम बाँकी भएछ, हात धोएर पछाडी परेका छन् । ’

याे पनि पढ्नुस  भारतीय प्रधानमन्त्री मोदीद्वारा नेपाली गायिकाको प्रशंसा

तस्वीरः रोयटर्स

 

कमेन्ट गर्नुहोस्