नेपालको शान्ति र संविधान विश्वकै लागि मौलिक र शिक्षाप्रद–प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,माघ ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति र संविधान निर्माण प्रक्रिया विश्व समुदायकै लागि मौलिक र शिक्षाप्रद रहेको बताएका छन् ।

बुधबार दिउँसो न्यूयोर्क यूनिभर्सिटीको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका छन् ।

‘विश्वमा युद्ध र शान्तिका थुप्रै उदाहरणहरु छन् । थोरै देशमा मात्रै शान्ति प्रक्रिया सफलतामा पुगेका छन् । तर, नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया आफैमा मौलिक छ, विश्व समुदायका लागि शिक्षाप्रद छ ।’ उनले भने–‘हाम्रो शान्ति प्रक्रियाले युद्धरत देशहरुले राजनीतिक सम्वाद र सहकार्यका माध्यमबाट कुनै पनि समस्याको समाधान खोज्न सकिन्छ भन्ने सन्देश दिएको छ ।’

याे पनि पढ्नुस  प्रचण्ड सरकारकोे निर्णय उल्टाउँदै देउवा, बुढीगण्डकी आयोजना सम्झौता रद्द

नेपालको जस्तो शान्ति प्रक्रिया विकसित मुलूकमा भएको भए त्यसले थप महत्व पाउने उल्लेख गर्दै प्रधानमन्त्रीले शान्ति प्रक्रिया नेपालजस्तो विकासशील मुलूकमा सफल भएको बताए । उनले नेपालको जस्तो शान्ति र संविधान निर्माणको प्रक्रिया मौलिक ढंगले युरोप वा अमेरिकी देशमा सम्पन्न भएको भए त्यसले विश्व स्तरमै छुट्टै महत्व पाउने दावी गरे ।

याे पनि पढ्नुस  निर्वाचन घोषणा सरकारको ऐतिहासिक निर्णय – प्रधानमन्त्री

प्रधानमन्त्रीले माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्ध राजनीतिक उद्धेश्यद्वारा प्रेरित भएको स्पष्ट पारे । प्रधानमन्त्रीले भने—‘माओवादीको नेतृत्व चलेको जनयुद्ध कुनै आतङ्ककारी गतिविधि थिएन । यो निश्चित राजनीतिक र दार्शनिक मान्यता बोकेर अघि सारिएको राजनीतिक सङ्घर्ष थियो ।’

उनले राज्यसत्ताको मूल प्रवाहबाट बिमूख रहेका वर्ग, जाति, लिङ्ग, समुदायको अधिकार, राष्ट्रको स्वाभिमान र प्रगतिका लागि गरिएको राजनीतिक लडाई भएको बताए । उनले भने–‘राजनीतिक उद्धेश्यद्वारा प्रेरित हुदैनथ्यो भने हामी आफैले पहल लिएर शान्ति प्रक्रियाको आरम्भ हुने थिएन । लोकतान्त्रिक सङ्क्रमण र राजनीतिक अग्रगमनको परिस्थिति निर्माण हुने थिएन ।’

कमेन्ट गर्नुहोस्